+
+
Shares

बढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ९:२२

२३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ ।

वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

त्यसपछि बढी प्रदूषित सहरको रुपमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ ।

त्यसपछि धेरै प्रदूषण रहेका ठाउँको श्रेणीमा क्रमश: दाङको देउखुरी (१२४), काठमाडौंको शंखपार्क (१२३) र ललितपुरको खुमलटार (१०५) छन् ।

हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम रहेकामा आज बिहान नौ बजेसम्म शंखपार्कको प्रदूषणको मात्रा ह्वात्तै बढेर १२३ पुगेको छ ।

वातावरण विभागकै वेबसाइटमा राखिएको विवरणअनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।

तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले त्यो उडेर नेपालसम्म आइपुग्न सक्ने जानकारहरु बताउँछन् ।

सुक्खायाममा पानी कम पर्ने, हावा नचल्ने र कृषिजन्य पदार्थहरु जलाउने र पर्यावरण मैत्री अनुकूल नहुने विकास निर्माणका काम वायु प्रदूषणका मुख्य कारण मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?