News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको वायु प्रदूषण आज निकै अस्वस्थ तहमा पुगेको छ र वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो।
- नेपाल अहिले विश्वकै प्रदूषित देशको सूचीमा दोस्रो नम्बरमा छ र पहिलोमा पाकिस्तान रहेको छ।
- नेपाल सरकारको सूचकांक अनुसार २०१ देखि ३०० को एक्युआई निकै अस्वस्थ मानिन्छ र ३०१ भन्दा माथि खतरनाक तह हो।
१० वैशाख, काठमाडौं । काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आज उपत्यकाको वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो । समाचार तयार पार्दासम्म २१६ मा झरेको छ । एक्युआई २०१ देखि ३०० पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।
अहिले नेपाल विश्वकै प्रदूषित देशको सूचीमा दोस्रो नम्बरमा छ । पहिलोमा पाकिस्तान छ । राजधानी काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको देखिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4