१५ पुस, काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारसँग १५ बुँदे माग राखेर ज्ञापनत्रपत्र बुझाएको छ ।
अखिल अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
अखिलले विदेशी शिक्षण संस्था संस्थालाई व्यवस्थित गर्न आवश्यक कानुनी प्रबन्ध गर्न माग गरेको छ ।
‘विदेशी शिक्षण संस्थाहरूको प्रशासनिक अभिलेख, सञ्चालन अनुमति तथा नविकरण प्रक्रिया सम्बन्धित मन्त्रालय मार्फत रहने व्यवस्था गरी, गुणस्तर सुनिश्चितता, अनुगमन तथा मापदण्ड निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई प्रदान गरिनुपर्ने,’ ज्ञापनपत्रमा भनिएको छ ।
मापदण्ड पूरा नगर्ने, एकभन्दा बढी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएका, नेपाली र विदेशी गरि दुवै विश्वविद्यालयको सम्बन्धन लिएर एकै ठाउँमा पठनपाठन गराइरहेका, तीन वर्षको स्नातक तहको शैक्षिक कार्यक्रमलाई चार वर्ष र एक वर्षको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमलाई दुई वर्षको बनाइ पठनपाठन गर्नेलाई कारबाही गर्न अखिलले माग गरेको छ ।
प्रतिक्रिया 4