+
+
Shares

लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासनको माग, २४ बुँदे ज्ञापनपत्र पेस

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन र सेवा प्रवाह सुधारको माग गर्दै २४ बुँदे ज्ञापनपत्र बुझाएको छ।
  • जिल्ला सेक्रेटरी बिरेन्द्र सीले नागरिकले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा पाउनुपर्ने भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्।
  • ज्ञापनपत्रमा ओपिडी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर भुक्तानी, डिजिटल टोकन र अनलाइन पूर्वदर्ता प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ।

३१ असार, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित सेवा प्रवाह लगायतका समस्या तत्काल समाधान गर्न माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएकाले सरकारी अस्पतालबाट सेवा लिन आउने प्रत्येक नागरिकले सहज, छिटो, गुणस्तरीय र सम्मानजनक उपचार पाउनुपर्ने माग गरिएको छ ।

लुम्बिनी प्रदेशका साथै छिमेकी जिल्लासमेतका हजारौं नागरिकको उपचारको मुख्य केन्द्रका रूपमा रहेको अस्पतालमा सेवाग्राहीबाट निरन्तर गुनासा आउने गरेको, स्थलगत अवलोकनमा पनि सेवा प्रवाहमा कमजोरी देखिएको भन्दै सुधारका लागि २४ बुँदे माग अघि सारेको सेक्रेटरी विकले बताए ।

ध्यानाकर्षण पत्रमा अस्पतालको ओपिडी सेवा पूर्णरूपमा प्रविधिमैत्री बनाउन माग गरिएको छ । टिकट वितरण प्रणालीलाई व्यवस्थित गर्दै क्यूआरमार्फत शुल्क भुक्तानी, डिजिटल टोकन, अनलाइन पूर्वदर्ता तथा एसएमएसमार्फत पालो जानकारी दिने प्रणाली लागु गर्नुपर्ने माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?