+
+
Shares

एक हजार दरका ६२२ थान नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

बुटवलको नेपालगञ्ज रोडस्थित एक पसलबाट उनीहरू पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित ६ जना पक्राउ परेका छन् ।
  • प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक हजार दरका ६२२ थान नक्कली नोट र विभिन्न मेसिन बरामद गरेको छ ।
  • इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

३१ असार, बुटवल । बुटवलमा नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल-११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा महानगरपालिका-१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका-१ का संजय थारू, भक्तपुर चाँगुनारायण नगरपालिका-१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ र भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

बुटवलको नेपालगञ्ज रोडस्थित एक पसलबाट उनीहरू पक्राउ परेका हुन् ।

घर तथा कोठा खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन, साथै ६ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?