+
+
Shares

नक्कली नेपाली नोटका चार जना कारोबारी पक्राउ

यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अन्य तीन जना पनि नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १८:३७

८ फागुन, कपिलवस्तु । कपिलवस्तुका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार फागुन १ गते बुद्धभूमि नगरपालिका–६ कोल्होलिया बस्ने वर्ष ५० का सट्टु यादवलाई पक्राउ गरेको थियो । उनीसँग खानतलासी गर्दा नेपाली एक हजार रुपैयाँका ९९ थान भेटिएको प्रहरीले जनाएको छ । यस्तै उनले कारोबार गरेको स्थानमा पनि प्रहरीले सोधिखोजी गर्दा थप दुई नेट फेला परेका थिए ।

यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अन्य तीन जना पनि नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ । त्यसपछि तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा बुद्धभूमि नगरपालिका–६ कोल्होलियाकै १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका-८ कचरिहवाका ४२ वर्षीय सञ्जय गुप्ता भनिने पटेश्वरीप्रसाद गुप्त र कपिलवस्तु नगरपालिका-८ कचरिहवाकै ५० वर्षीया साजिदा खातुन रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले बुद्धभूमि नगरपालिका-१० स्थित एक पेट्रोल पम्प, सोही वडाको तरकारी पसल तथा कपिलवस्तु नगरपालिका-२ स्थित अर्को पेट्रोल पम्पमा नक्कली नोटको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?