८ फागुन, काठमाडौं । पोर्चुगलबाट एस मनी ट्रान्स्फर मार्फत आईएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी जितेका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई लिमिटेड अध्यक्ष हेमराज ढकालले विजेता लामाका तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी हस्तान्तरण गरे ।
अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आईएमईप्रति ग्राहकले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेश बसेर परिश्रम गरी कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको पनि अध्यक्ष ढकालले बताए ।
सोही अवसरमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेरमात्र धनसम्पत्ति होइन, स्वदेशमा सिप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवा संख्या बढ्दै गएको बताए ।
गत कात्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनी ट्रान्स्फरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनी ट्रान्स्फर मार्फत पैसा पठाउने सेवाग्राही यो लक्की ड्रमा समावेश थिए । यसै योजना अन्तर्गत दुई भाग्यशाली सेवाग्राहीले आइफोन १६ ई पनि प्राप्त गरिसकेका छन् ।
आईएमईले विगतदेखि नै विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न योजना सञ्चालन तथा साझेदारी गर्दै आएको छ ।
प्रतिक्रिया 4