+
+
Shares

‘टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक

२१ पुसदेखि १७ चैतसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीले टिक्मो एप प्रयोग गरी आईएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमईले साउदी अरबमा रहेका नेपालीका लागि टिक्मो एपमार्फत पैसा पठाउँदा उपहार जित्ने 'टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं' योजना सार्वजनिक गरेको छ।
  • यो योजना २१ पुसदेखि १७ चैतसम्म सञ्चालन हुनेछ र मेगा पुरस्कारमा एक विजेताले बीवाईडी एट्टो १ ईभी प्राप्त गर्नेछन्।
  • मासिक दुई जनाले याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनाले आइफोन १७ जित्ने अवसर पाउनेछन् भने विजेता पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिनेछ।

२९ पुस, काठमाडौं । नेपाली रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले ‘टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं’ योजना  सार्वजनिक गरेको छ ।

२१ पुसदेखि १७ चैतसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीले टिक्मो एप प्रयोग गरी आईएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।

टिक्मो एपमार्फत साउदीबाट आईएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एक विजेताले बीवाईडी एट्टो १ ईभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुई जनाले याडिया ओविन इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक विजेता अन्तर्गत १२ जनाले आइफोन १७ जित्न सक्नेछन् । टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना लाभान्वित हुनेछन् भने विजेता पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिने आईएमईले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि साउदीमा रहेका नेपालीले कमाएको पैसा सुरक्षित नेपालमा रहेका आफन्तका हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ ।

वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सिप भित्र्याउने मात्रै नभई अवसर सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आईएमईले प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?