+

एन्फा निर्वाचन फेरि स्थगित

२०८२ फागुन  ८ गते १८:२८ २०८२ फागुन ८ गते १८:२८
एन्फा निर्वाचन फेरि स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम निर्वाचन आयोग नेपालबाट स्थगित गर्न पत्र आएकाले पुनः स्थगित गरिएको छ।
  • निर्वाचन फागुन २७ गतेका लागि तोकिएको थियो र उच्च अदालत पाटनले निर्वाचन सुचारु गर्ने बाटो खुलाइदिएको थियो।
  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएकाले एन्फा संशोधित निर्वाचनका कार्यक्रम स्थगन गर्न पत्र काटेको जनाएको छ।

८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम पुनः स्थगित भएको छ ।

एन्फा निर्वाचन समितिले शुक्रबार सूचना निकाल्दै निर्वाचन आयोग नेपालबाट स्थगित गर्न पत्र आएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यसअघि अदालतको आदेशले स्थगित भएको एन्फा निर्वाचन उच्च अदालत पाटनले बाटो खुलाइदिएपछि पुनः सुचारु भएको थियो ।

तर, पुनः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएकाले एन्फा संशोधित निर्वाचनका कार्यक्रम स्थगन गर्न पत्र काटेसँगै निर्वाचन पुनः स्थगित भएको हो ।

निर्वाचन फागुन २७ गतेका लागि तोकिएको थियो ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय