+

एन्फाको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा मतदान

२०८२ फागुन  ४ गते १७:१६ २०८२ फागुन ४ गते १७:१६
एन्फाको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा मतदान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघको निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक भएको छ।
  • एन्फा अध्यक्षको मतदान २७ फागुनमा हुने तालिकामा उल्लेख गरिएको छ।
  • बी डिभिजनका १३ क्लबले मताधिकार छनोट प्रक्रियामा सहभागी नहुने निवेदन दिएका छन्।

४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।

एन्फा निर्वाचनका विरुद्धमा परेको रिटसम्बन्धी पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशपछि निर्वाचन स्थगित भएको थियो । उक्त आदेश खारेज भएपछि एन्फा निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो ।

यसअघि स्थगित भएकै स्थानबाट निर्वाचन प्रक्रिया सुरु हुने र पहिले तोकिएकै ठाउँ झापामा नै निर्वाचन हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

तालिकाअनुसार एन्फाको नयाँ नेतृत्वका लागि अब २७ फागुनमा मतदान हुनेछ । त्यसअघि फागुन ५ मा मताधिकार प्रतिनिधि तथा विवरण एन्फा सचिवालयले निर्वाचन समितिलाई बुझाउने छ ।

फागुन ७ मा अडिट एण्ड कमप्लाइन्स समितिबाट उम्मेदवारहरुको सदाचार परिक्षणको निर्णय एवम निर्वाचन समितीबाट उम्मेदवारहरुको सान्दर्भिक कागजात परिक्षण सहितको निर्णय हुनेछ ।

फागुन ८ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधीहरुको नामावली प्रकाशन हुनेछ । फागुन १४ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरु विरुद्ध दाबी विरोध गर्ने अन्तिम मिति तोकिएको छ ।

फागुन १५ गते पुनरावेदन समितिको निर्णय अनि फागुन १६ गते दाबी विरोधको पुनरावेदन पछिको अन्तिम नामावली प्रकाशन गरेपछि फागुन २७ मा मतदान हुनेछ ।

यस्तै आजैका लागि तय भएको ‘बी’ डिभिजन क्लबहरूको मताधिकार छनोट कार्यक्रम नगर्ने भन्दै बी डिभिजनका १३ क्लबले सोमबारै एन्फा सीईओ ईन्द्रमान तुलाधरलाई निवेदन बुझाएका थिए ।

उनीहरूले एन्फा अर्डिनरी कंग्रेसको नयाँ मिति र निर्वाचनको पूर्ण कार्यतालिका विधिवत् रूपमा प्रकाशित नभएसम्म यस मताधिकार छनोट प्रक्रियामा सहभागी नहुने जानकारी गराएका थिए।

यसअघि नै ‘सी’ डिभिजन क्लबहरूको मताधिकार छनाोट कार्यक्रम सम्पन्न भइसकेको छ भने ९ ‘सी’ डिभिजन क्लबले मताधिकार पाएका छन् ।

एन्फा अर्ली इलेक्सन एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय