+

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

२०८२ फागुन  ४ गते ९:४२ २०८२ फागुन ४ गते ९:४२
रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले स्पेनिस ला लिगामा सोसिडाडमाथि ४-१ को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ।
  • भिनिसियस जुनियरले २ गोल गरे भने गार्सिया र भालभर्डेले १-१ गोल गरे।
  • रियलले २४ खेलमा ६० अंक जोडेको छ भने बार्सिलोना ५८ अंकसहित दोस्रो स्थानमा छ।

४ फागुन, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल सोसिडाडमाथि ४-१ को जित निकाल्दै रियल शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा भिनिसियस जुनियरले २ गोल गरे भने गोन्जालो गार्सिया र फेडेरिको भालभर्डेले १-१ गोल गरे । सोसिडाडका मिकेल ओयरजाबालले १ गोल गरे ।

खेलको पाँचौं मिनेटमा गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा ओयरजाबालले गोल गर्दै खेल बराबरीमा ल्याए ।

२५औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । ३१औं मिनेटमा भालभर्डेले गोल गरेपछि रियल ३-१ ले अघि बढ्यो ।

दोस्रो हाफको ४८औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत अर्को गोल गर्दै टोलीको ४-१ को जित पक्का गरे ।

जितपछि २४ खेलमा ६० अंक जोडेको रियल शीर्षस्थानमा उक्लिएको हो । एक खेल कम खेलेको बार्सिलोना ५८ अंकसहित दोस्रोमा छ ।

बार्सिलोनाले आज राति जिरोनासँग खेल्दै छ । उक्त खेल जितेमा बार्सिलोना शीर्षमा फर्कनेछ ।

रियल मड्रिड स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय