+

चर्च ब्वाइजलाई हराउँदै जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

२०८२ फागुन  ३ गते २०:२८ २०८२ फागुन ३ गते २०:२८
चर्च ब्वाइजलाई हराउँदै जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जावलाखेल युथ क्लबले पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
  • खेलको दोस्रो हाफमा धर्मेन्द्र कुँवर, निकोलश हामिल्टन र सुजन गुरुङले गोल गर्दै जावलाखेलले जित सुनिश्चित गरेको हो।
  • गोल्डकपमा १२ टोली सहभागी छन् र विजेताले १४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने फाइनल फागुन ९ गते हुनेछ।

३ फागुन, काठमाडौं । जावलाखेल युथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोल्डकपको आज भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै जावलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो ।

जाउलाखेलले सबै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ४८औं मिनेटमा धर्मेन्द्र कुँवरले गोल गर्दे जावलाखेललाई पहिलो अग्रता दिलाए । खेलमा ८८औं मिनेटमा जावलाखेलका निकोलश हामिल्टनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा सुजन गुरुङले गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाए । यसअघि नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक सहारा क्लब पोखराले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् । गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

फाइनल खेल फागुन ९ गते हुनेछ ।

२५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय