News Summary
Generated by OK AI. Editorially reviewed.- भोलिदेखि काठमाडौंको एन्फा खेल मैदान सातदोबाटोमा एम्प्युटी फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ।
- विश्व एम्प्युटी फुटबल महासंघ र फिफा फाउन्डेसनको सहयोगमा एम्प्युटी खेलकुद समाज नेपालले उक्त च्याम्पियनसिप आयोजना गर्नेछ।
- सुदरपश्चिम, लुम्बिनी, बागमती प्रदेश र नेपाल आर्मीको टोलीले सोमबार र मंगलबार नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्नेछन्।
३ फागुन, काठमाडौं । सोमबारदेखि एन्फा खेल मैदान सातदोबाटोमा एम्प्युटी फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ ।
विश्व एम्प्युटी फुटबल महासंघ र फिफा फाउन्डेसनको सहयोग तथा एम्प्युटी खेलकुद समाज नेपालको आयोजनामा उक्त च्याम्पियनसिप हुन लागेको हो ।
सोमबार र मंगलबार हुने च्याम्पियनसिपमा सुदरपश्चिम, लुम्बिनी र बागमती प्रदेशसहित नेपाल आर्मीको टोलीले सहभागिता जनाउनेछन् ।
प्रतियोगिता नकआउट पद्धतिबाट विश्व एम्प्युटी खेलकुद महासंघले निर्दिष्ट गरेको नियमका आधारमा खेलाइने एम्प्युटी खेलकुद समाजका महासचिव डिल्लीबहादुर विष्टले जानकारी दिए ।
प्रतिक्रिया 4