News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्दै सुपर ८ मा प्रवेश गरेको छ।
- भारतले दिएको १७६ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा ११४ रनमा अलआउट भएर पछ्याएको थियो।
- भारत ३ खेलमा ६ अंकसहित समूह 'ए' को शीर्षस्थानमा रहेको छ भने पाकिस्तान ४ अंकसहित तेस्रो स्थानमा छ।
३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रवाफिलो जित हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको छ।
श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो ।
पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए । शाहीन अफ्रिदीले अविजित २३ रन बनाए भने शादाब खानले १४ अनि फहीम असरफले १० रन बनाए ।
भारतका लागि हार्दिक पान्ड्या, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा कुलदीप यादव र तिलक वर्माले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।
कप्तान सूर्यकुमार यादवले ३२, शिवम दुबेले २७ तथा तिलक वर्माले २५ रन बनाए ।
पाकिस्तानका लागि सायम अयुबले ३ विकेट लिए । सलमान आघा, शाहीन अफ्रिदी र उसमान तारिकले १-१ विकेट लिए ।
यस जितसँगै भारत ३ खेलमा ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । पाकिस्तान ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
भारतले अब नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ भने पाकिस्तानले नामिबियासँग खेल्नेछ ।
प्रतिक्रिया 4