+
टी-२० विश्वकप २०२६ :

अफगानिस्तानले यूएईलाई हराएपछि दक्षिण अफ्रिका सुपर ८ मा

२०८२ फागुन  ४ गते १५:०८ २०८२ फागुन ४ गते १५:०८
अफगानिस्तानले यूएईलाई हराएपछि दक्षिण अफ्रिका सुपर ८ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।
  • अफगानिस्तानले यूएईले दिएको १६१ रनको लक्ष्य ४ बल बाँकी छँदा पूरा गरेको हो।
  • समूह 'डी' बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरेको छ।

४ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित निकाल्ने क्रममा यूएईलाई पराजित गरेको छ । यो नतिजासँगै समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरेको छ ।

सोमबार दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले ५३ रन बनाए । अजमतुल्लाह ओमरजाइ ४० रनमा अविजित रहे भने डार्विश रशूलीले ३३ रन बनाए । सेडिकुल्लाह अटलले १६ तथा गुल्बादिन नाइबले १३ रन बनाए ।

यूएईका जुनेद सिद्धीकी र मुहम्मद अरफानले २-२ विकेट लिए भने मुहम्मद जवादुल्लाहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन बनाएको थियो । सोहेब खानले ६८ रन बनाए भने अलिशान सराफूले ४० रन बनाए ।

अफगानिस्तनका लागि अजमतुल्लाह ओमरजाइले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । मूजीब उर रहमानले २ तथा कप्तान राशिद खानले १ विकेट लिए ।

अफगानिस्तान यसअघि न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अफगानिस्तानले पहिलो जितका साथ २ अंक जोडेको छ । यूएईको पनि २ अंक छ । क्यानडा अंकविहीन छ ।

अफगानिस्तान र यूएई दुवैले आ-आफ्ना अन्तिम खेलमा क्यानडासँग खेल्न बाँकी छ । यो समूहबाट दक्षिण अफ्रिकाले ३ खेलमा ६ अंक जोडेर सुपर ८ मा स्थान पक्का गरेको हो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय