+

नवलपुरमा सुविधासम्पन्न क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना

२०८२ फागुन  ४ गते ११:५१ २०८२ फागुन ४ गते ११:५१
नवलपुरमा सुविधासम्पन्न क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुप्से स्पोर्टस् म्यानेज्मेन्टले नवलपुरको गैंडाकोटमा ५ बिघा क्षेत्रफलमा क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।
  • स्पोर्ट्सका अध्यक्ष रमेश पराजुलीले उक्त एकेडेमीले युवा खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण र आधुनिक प्रविधिको अभ्यास वातावरण प्रदान गर्ने बताए।
  • नेपाल क्रिकेट संघ क्यानसँगको सहकार्यमा उक्त योजना अगाडि बढ्ने पराजुलीले उल्लेख गरे।

४ फागुन, काठमाडौं । रुप्से स्पोर्टस् म्यानेज्मेन्टले नवलपुरको गैंडाकोटमा सुविधासम्पन्न क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।

रुप्से स्पोर्ट्सले प्रेस विज्ञप्ती जारी गर्दे गैंडाकोटमा आफ्नै स्वामित्वमा रहेको ५ बिघा क्षेत्रफलमा अत्याधुनिक पूर्वाधारसहितको क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारिएको जनाएको छ ।

नेपाली खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गरी उनीहरूको क्षमता विकास गर्ने उद्देश्यसहित उक्त योजना अघि सारिएको स्पोर्टस्का अध्यक्ष रमेश पराजुलीले जानकारी दिए । जसमा एक सुविधासम्पन्न क्रिकेट एकेडेमी र इनडोर तथा आउटडोर स्पोर्टस् हल निर्माण गर्न गरिने पराजुलीले बताए ।

‘यसले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण, आधुनिक प्रविधिको प्रयोग र अभ्यासका लागि उत्कृष्ट वातावरण प्रदान गर्न छ’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानसँगको सहकार्यमा अगाडि बढ्ने योजना रहेको अध्यक्ष पराजुलीले उल्लेख गरे ।

सुविधासम्पन्न क्रिकेट एकेडेमी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय