+

हिमालयन जाभा नेसनल बास्केटबल लिग मार्च १० देखि, ८ टोलीले प्रतिस्पर्धा गर्ने

२०८२ फागुन  ८ गते १५:०४ २०८२ फागुन ८ गते १५:०४
हिमालयन जाभा नेसनल बास्केटबल लिग मार्च १० देखि, ८ टोलीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा नेसनल बास्केटबल लिग चैत १० देखि वैशाख ११ सम्म दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुने भएको छ।
  • प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् र खेलहरू डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछन्।
  • सबै खेलहरू एक्सन स्पोर्ट्समार्फत साँझ ४ बजे र ७ बजे राष्ट्रिय प्रसारण गरिने आयोजकले बताएको छ।

८ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेबीएल) आगामी चैत १० देखि वैशाख ११ सम्म आयोजना हुने भएको छ। नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रतियोगिता दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ।

३२ दिनसम्म चल्ने लिगमा आर्मी, काठमाडौं भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ र शीर्ष टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन्।

खेलहरू दैनिक साँझ ४ बजे र ७ बजे हुनेछन् भने सबै खेलहरू एक्सन स्पोर्ट्स मार्फत राष्ट्रिय प्रसारण गरिने जनाइएको छ।

आयोजकका अनुसार लिगले नेपाली बास्केटबललाई व्यावसायिक संरचना दिनुका साथै खेलाडीहरूलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ।

प्रतियोगिताको गत संस्करणको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो ।

हिमालयन जाभा बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय