+

एचजेबीएलको उपाधि टाइम्स बास्केटबल क्लबलाई

२०८२ असार  ७ गते १८:४७ २०८२ असार ७ गते १८:४७
एचजेबीएलको उपाधि टाइम्स बास्केटबल क्लबलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जित्यो।
  • फाइनलमा टाइम्सले गोल्डेनगेटलाई ८०-७२ ले पराजित गर्यो।
  • लिगमा ६ टोली सहभागी थिए र डबल राउण्ड रोविन प्रणालीमा खेलाइएको थियो।

७ असार, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ ।

लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेनगेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो ।

सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाइम्सले २०-८ को अग्रता बनायो ।

दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९-१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाइमसम्म टाइम्सले नै ३४-२७ को अग्रता बनाएको थियो ।

तेसो क्क्वाटर २६-२१ ले आफ्नो पक्षमा पारेपछि टाइम्सले अन्तिम क्वाटरअघि ६०-४८ को अग्रता बनाएको थियो । चाैथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चाैथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाइम्सलाई रोक्न सकेन र टाइम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो ।

सदिश प्रधान फाइनल खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उपाधि विजेता टाइम्सले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो । त्यस्तै दोस्रो भएको गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त गर्‍यो ।

यसअघि लिग चरणमा पहिलो खेलमै टाइम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाइम्सलाई हराएर बदला लिएको थियो ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाइम्सले फाइनलमा स्थान बनाएका थिए ।

आजै तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्यो । यस्तै फाइनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३-२१ ले हरायो ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाईनलमा स्थान बनाएका थिए ।

आजै तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२-१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२-१९ र तेस्रो क्वाटर २२-२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१-५७ ले अघि थियो । चौथो क्वाटर १९-१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।

यस्तै फाईनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३-२१ ले हरायो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए ।

पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो ।

पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।

हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय