+

जय ट्रफी : पुलिसविरुद्ध भीम सार्कीको शतक, आर्मीलाई झिनो अग्रता

२०८२ फागुन  ८ गते १७:२३ २०८२ फागुन ८ गते १७:२३
जय ट्रफी : पुलिसविरुद्ध भीम सार्कीको शतक, आर्मीलाई झिनो अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध पहिलो दिन ४७ रनको अग्रता बनाएको छ।
  • नेपाल पुलिसले ५३.३ ओभरमा १५३-८ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो।
  • भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहेर आर्मीको अग्रता बढाएका छन्।

८ फागुन, काठमाडौं । शुक्रबारदेखि सुरु भएको जय ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन भीम सार्कीको शतकमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध झिनो अग्रता बनाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३.३ ओभरमा १५३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन बनाए । दिलसाद अलीले २७ रन बनाए ।

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए । आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १-१ विकेट लिए ।

त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको थियो । आर्मीका भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहे । पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए ।

पुलिसका लागि सागर ढकालले ६ विकेट लिए । ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

जवाफमा ४७ रनले पछाडि रहेको अवस्थाबाट दोस्रो इनिङ सुरु गरेको पुलिसले पहिलो दिनको समाप्तिमा १ विकेट गुमाएर २३ रन बनाएको छ ।

कुशल भुर्तेल १२ र शंकर राना ७ रनमा खेलिरहेका छन् ।

जय ट्रफी त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय