+
+

२९ वर्षकी आमा, २२ वर्षकी छोरी !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १२:२५

आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।

हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि यतिधेरै नजिक छ कि सोसल मिडियामा मानिसहरु ती आमाछोरी नभई जुम्ल्याहा भएको बताइरहेका छन् ।

अमेरिकाकी २९ वर्षीया सवाना च्यापिनले जब आफ्नो छोरी टिजी आफूभन्दा केवल ७ वर्षमात्रै कान्छी रहेको बताइन् तब सबै अचम्ममा परे । पहिलो कुरा त मानिसहरु आमा-छोरीको बीचमा यति कम उमेर अन्तरको दाबीबाटै द्विविधामा परे । अझ जब ती आमाछोरीको तस्वीर देखे तब आश्चर्यचकित पर्नुको विकल्प थिएन, किनभने उनीहरु आमाछोरी नभई जुम्ल्याहा दिदीबहिनी जस्ता देखिन्थे । नदेखियोस् पनि किन ? उनकी छोरी टिजीको उमेर २२ वर्ष छ ।

यो प्रष्ट छ कि सवाना २२ वर्षीया टिजीकी सौतेनी आमा हुन् । तर अनौठो त के भने सौतेनी आमाछोरीको अनुहार ठ्याक्कै मिल्दोजुल्दो छ ।

एक भिडियोमा उनीहरुले कतै हिंडिरहेको बेला प्रायः मानिसहरुले आफुहरु जुम्ल्याहा भएको लख काट्ने गरेको बताएका छन् ।

वास्तवमा टिजीका ४४ वर्षीय पिता क्रिस च्यापिनसँग सवानाले बिहे गरेकी हुन् । च्यापिन एक सैलूनका मालिक पनि हुन् । सोही सैलूनमा स्टाइलिस्टको पदमा जागिर गर्दागर्दै मालिकसँगै उनको प्रेम बस्यो । केही समय पहिले पत्नीसँग डिभोर्स गरेका क्रिसले अन्ततः आफूभन्दा १६ वर्ष कान्छी तथा आफ्नै सैलूनकी कर्मचारी सवानासँग बिहे गरे ।

सुरुमा सौतेनी छोरी टिजी आफूलाई रत्तिभर मन नपर्ने गरेको भएपनि अहिले आफुहरु निकै मिल्ने साथीहरु जस्तो भएको सवाना बताउँछिन् ।

एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?