+
+

नयाँ आइफोनमा च्याट जिपिटी एप !

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते ७:११

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारिरहेको छ । यसैबीच च्याटबट निर्माता कम्पनी ओपन एआईले एप्पलको आइफोनसँग मिलेर केही महत्वपूर्ण काम गर्दैछ ।

समाचार अनुसार यो वर्ष आइफोनमा केही नयाँ एआई जेनेरेटिभ फिचरहरु आउने सम्भावना छ ।

एप्पलको अपरेटिंग सिस्टम आईओएसको आगामी संस्करण आईओएस १८ मा जेनेरेटिभ एआई फिचरलाई कसरी आबद्ध गर्ने भन्ने विषयमा एप्पल र ओपन एआईबीच छलफल भैरहेको बताइएको छ । यद्यपि दुवै कम्पनीले यसबारेमा आधिकारिक रुपमा केही पनि बताएका छैनन् ।

हुनत एप्पलको नयाँ आइफोनमा गुगल जेमिनी च्याटबट प्रिइन्स्टल्ड हुने हल्ला पनि चलेको थियो । त्यसैले आफ्ना आइफोनमा जेनेरेटिभ एआई फिचर राख्नका लागि गुगल तथा ओपन एआईमध्ये कोसँग साझेदारी गर्ने भन्ने विषयमा एप्पल अझैपनि टुंगोमा पुग्न नसकेको बताइन्छ । तथापि च्याट जिपिटीको लोकप्रियतासँगै ओपन एआईकै पल्ला भारी भएको अनुमान गरिएको छ।

जेनेरेटिभ एआई प्रविधिको क्षेत्रमा गुगल तथा माइक्रोसफ्ट जस्ता आफ्ना प्रतिस्पर्धी कम्पनीहरुभन्दा एप्पल निकै पछाडि छ ।

माइक्रोसफ्ट तथा गुगलले जेनेरेटिभ एआईको क्षेत्रमा आफ्ना विभिन्न प्रडक्टहरु ल्याइसकेका छन् । त्यसैले यस क्षेत्रमा कम्पनीले ठूलो लगानी गर्न गइरहेको एप्पल सीईओ टिम कुकले केही केही महिनाअघि बताएका थिए । त्यसैले यो वर्ष एप्पलले जेनेरेटिभ एआईको क्षेत्रमा केही ठूलो नतिजा ल्याउने पक्कापक्की छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?