+

पीएसजी लगातार तेस्रोपटक फ्रेन्च लिग वान च्याम्पियन

२०८१ वैशाख  १७ गते ८:०९ २०८१ वैशाख १७ गते ८:०९
पीएसजी लगातार तेस्रोपटक फ्रेन्च लिग वान च्याम्पियन

१७ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

आइतबार दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ ले पराजित भएपछि पीएसजीले उपाधि जित्ने पक्का भएको हो ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको पीएसजीले तीन चरणको खेल मात्र बाँकी हुँदा १२ अंकको अग्रता बनाएको छ । अब पीएसजीलाई कसैले उछिन्न सक्ने छैन ।

पीएसजीको इतिहासमा यो समग्रमा १२औं लिग उपाधि हो भने पछिल्लो ११ वर्षमा दशौँ उपाधि हो । २०१६-१७ र २०२०-२१ को सिजन बाहेक पीएसजीले २०१२ यता सबै लिग जितेको छ ।

पीएसजीसामु ले हार्भेलाई हराएर शनिबार नै लिग जित्ने अवसर थियो । तर उक्त खेलमा ३-३ को बराबरी खेलेपछि उपाधिको लागि कुर्नु परेको हो ।

पीएसजी फ्रेन्च लिग वान मोनाको लियोन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय