+
+

जब सर्वोत्कृष्ट पुरस्कार पाएको उपन्यास च्याट जिपिटीबाट लेखेको खुलासा भयो…

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १२:५२

च्याट जिपिटीलाई अहिले कुनै पनि परिचयको आवश्यकता पर्दैन । यसको प्रयोग विश्वभर नै व्यापक स्तरमा भैरहेको छ ।

कसैले च्याट जिपिटीबाट आइडिया लिइरहेको छ त कसैले च्याट जिपिटीबाट खानपानको काइदा सिकेर आफ्नो वजन कम गर्न सफल भैरहेका छन् । तर, च्याट जिपिटीको प्रयोग प्रयोग यस हदसम्मै हुन थालेको छ कि निर्णायक मण्डललाई समेत धोका दिन थालेको छ ।

केही समयअघिको घटना अनुसार एकजना लेखिकाले च्याट जिपिटीबाट पूरै उपत्यास लेखाइन् । यतिमात्र होइन उनले च्याटबटबाट लेखाएको उक्त उपन्यासले सर्वोत्कृष्ट उपन्यासको उपाधि पनि पायो ।

यो घटना जापानको हो । जापानी लेखिका री कुडनको उपन्यास ‘द टोक्यो टावर अफ सिम्पेथी’ ले जापानको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारमध्ये एक प्राप्त गर्‍यो । यद्यपि सो अवार्ड प्राप्त गरेपछि उनले आफ्नो स्वीकृति भाषणमा अनौठो खुलासा गरिन् । आफ्नो उक्त उपन्यास लेख्नका लािग च्याट जिपिटीले निकै ठूलो भूमिका खेलेको उनले स्वीकार गरिन् ।

सिएनएनको रिपोर्ट अनुसार ३३ वर्षीया कुडनलाई उक्त उपन्यासका लागि जापानको प्रतिष्ठित अकुतागावा पुरस्कारबाट सम्मानित गरिएको थियो । तर, आफ्नो उक्त उपन्यासमा ५ प्रतिशत शब्द पूर्णरुपमा एआईबाट लिएको लेखिकाले बताएकी छिन् । साथै उनले यो पुस्तकको थिमका लागि पनि च्याट जिपिटीको सहयोग लिएकी हुन् ।

लेखक तथा पुरस्कार समितिका सदस्य केइचिरो हिरानोले सोसल मिडिया साइट एक्समा एक पोस्ट गर्दै उपन्यासकार कुडनले आफ्नो पुस्तक लेखनमा एआईको प्रयोग गरेको विषयलाई एउटा मुद्दाको रुपमा हेर्न नहुने बताएका छन् ।

उनका अनुसार उपन्यास पढ्ने हो भने लेखिकाले यसमा जेनेरिक एआईको प्रयोग गरेको उल्लेख गरेकी छिन् । यद्यपि भविष्यमा साहित्य लेखनमा यसरी एआई च्याटबटको प्रयोगले चिन्ता उत्पन्न गर्न सक्ने भएपनि टोक्यो सिम्पेथी टावरको मामिलामा त्यस्तो नभएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?