+
+

शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी : एउटीको बिहे भयो, अर्की अझै सिंगल

एजेन्सी एजेन्सी
२०८० चैत २९ गते १३:०९

टाउको दुईवटा तर शरीर एउटै । जन्मिंदा नै शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सल र ब्रिटनी हेन्सल । तीमध्ये बायाँतर्फ रहेकी एबिले एकजना पूर्वसैनिक तथा नर्स जोश बाउलिंगसँग बिहे गरेकी छिन् । उसो त उनको बिहे सन् २०२१ मै भएको थियो, तर यसको खुलासा हालैमात्र भएको हो।

अमेरिकाको मिनिसोटामा बस्ने यी जुम्ल्याहा हाल ३४ वर्षका भए । सन् १९९६ मा ओपरा विन्फ्रे शो मा अतिथिको रुपमा आएपछि उनीहरुको चर्चा संसारभर चुलिएको थियो । पछि उनीहरुको आफ्नै टिएलसी रियालिटी सिरिज आयो । जसमा उनीहरुले आफ्नो दैनिक जीवनलाई प्रस्तुत गर्दथे ।

एबी हेन्सेलले आफ्नो फेसबुकको प्रोफाइल तस्वीर परिवर्तन गरेकी छिन् । आफ्नो उक्त फेसबुक अकाउन्ट उनले जुम्ल्याहा बहिनी ब्रिटनीसँग शेयर गर्दछिन् ।

उनको फेसबुक प्रोफाइलमा राखिएको सो तस्वीर बिहे समारोहको जस्तो देखिन्छ । त्यसमा जुम्ल्याहाले बिहेको गाउन लगाएका छन् । बेहुलाले चाहिं खैरो रंगको सूट लगाएका छन् ।

तस्वीरमा उनीहरु एक अर्कातर्फ हेर्दै हात समाएका छन् । त्यसअघि एउटा भिडियो क्लिप सार्वजनिक भएको थियो जसमा यो जोडीले बिहेको रिसेप्सनमा नाचिरहेको देखिन्थ्यो ।

समाचार अनुसार यी जुम्ल्याहाले अमेरिकाको मिनिसोटामा बच्चाहरुलाई पढाउने काम गर्दछन् ।

डेलीमेलले इन्स्टाग्राममा एउटा भिडियो पनि शेयर गरेको छ । जसमा उनीहरुले बच्चाहरुलाई पढाइरहेको देखिन्छ ।

भिडियोको क्याप्सनमा लेखिएको छ- आपसमा जोडिएका जुम्ल्याहा एबी र ब्रिटनीले आफूहरूले बच्चालाई कसरी पढाउँछन् भन्ने कुरा रियालिटी शो मा देखाइरहेका छन् ।

जुम्ल्याहामध्येकी एबी अहिले विवाहित भैसकेकी छिन् । किनकि उनले आफ्ना प्रेमी जोश बाउलिंगसँग गोप्य रुपमा बिहे गरिन् ।

एबी र ब्रिटनीलाई डाइसफ्यालसका कारण जोडिएका जुम्ल्याहा हुन् । उनीहरुले टाउको बाहेक शरीरका सबै अंग शेयर गर्दछन् । एबिले शरीरको दाहिने हिस्सा नियन्त्रण गर्छिन् भने ब्रिटनीले बायाँ हिस्सा नियन्त्रण गर्छिन् । यौनांगलगायतका अंगहरू चाहिं एउटै छन् ।

सन् १९९० मा जन्मिएका एबी र ब्रिटनीका मातापिता प्याटी र माइकल हेन्सलले जुम्ल्याहा बच्चालाई छुट्टाउनका लागि शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । त्यसो गर्दा छोरीहरु बाँच्ने सम्भावना निकै कम रहेको हुँदा उनीहरुले छोरीहरुको शल्यक्रिया नगर्ने फैसला गरे ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?