+
+

जन्मिनेबित्तिकै बुवाले बेचे, १९ वर्षपछि टिकटकले भेटायो जुम्ल्याहा दिदीबहिनी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:५२

यी जुम्ल्याहा दिदी बहिनीको चिनाजानी १९ वर्षपछि भयो । उनीहरुलाई भेट गराउनमा सोसल मिडियाको सबैभन्दा ठूलो हात छ ।

यी दुई बहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढाको दूरीमा बस्दथे । उनीहरुलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन । तर, एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट शोका कारणले उनीहरु दुईजना भेट्न पाएन । ती मध्ये एकजनाको नाम एमी खवितिया र अर्कोको नाम एनो सरतानिया हो।

यो कथा तब सुरु भयो जब एमीले जर्जिया गट ट्यालेन्ट नामक टेलिभिजन रियालिटी शो हेरिरहेकी थिइन् । उनको ध्यान आफ्नो जस्तै अनुहार भएकी एकजना प्रतिस्पर्धीमा गयो । उनीहरुले त्यतिबेला केवल १२ वर्षका थिए ।

अनौठो त के भने ११ वर्षको उमेरमा उनीहरुले एउटै नृत्य प्रतियोगितामा भाग लिएका थिए । त्यहाँ मानिसहरुले उनीहरु ठ्याक्कै जुम्ल्याहाजस्तो अनुहार भएको भनेर कुरा गरेका थिए । तर उनीहरु वास्तवमै जुम्ल्याहा भएको कुरा रहस्यमै रह्यो त्यतिबेला ।

अन्ततः टिकटक नै उनीहरुलाई भेट गराउने माध्यम बन्यो । एनोले टिकटक भिडियो हेर्दा ठ्याक्कै आफूजस्तै देखिने निलो कपाल भएकी केटी देखिन् । त्यसपछि उनीहरुबीच भर्चुअल्ली परिचय तथा कुराकानी भयो । डिजिटल दुनियाँमा एक अर्कालाई देखेपछि अन्ततः सन् २०२१ मा उनीहरुले भेटघाट गरे, राजधानी तिबिल्सीस्थित रुस्ताभेली पुलमा । अनि मात्र उनीहरुको लुकेको अतीतको खुलासा भयो ।

बीबीसीमा प्रकाशित समाचार अनुसार एमी र ऐनोको जन्म सन् २००२ मा भएको हो ।

जुम्ल्याहा छोरी जन्माएसँगै उनीहरुकी आमा कोमामा गइन् । त्यसपछि पिता गोचा गखारियाले जुम्ल्याहा छोरीहरु बिक्री गर्ने निधो गरे । एमी जुगडीडीमा हुर्किन्, बढिन् भने ऐनो तिबिल्सीमा हुर्किइन् । दुवैजनालाई एक अर्काको अस्तित्वबारे पत्तो थिएन ।

उनीहरुलाई धर्मसन्तान बनाएर अपनाउने परिवारले पनि त्यसबारेमा उनीहरुलाई केही बताएका थिएनन् । वास्तवमा जुम्ल्याहा छोरीहरु उनका पिताले पैसा लिएर बेचेका थिए र वैध तरिकाले अपनाइएको थिएन ।

वास्तवमा सन् २००५ अघि जर्जियामा अस्पतालमा जन्मिएका धेरै बच्चाहरुलाई गैरकानूनी रुपमा बेच्ने धन्दाको सिकार उनीहरु पनि भएका थिए । त्यसक्रममा हजारौं शिशुहरु त्यसरी बिक्री भएका थिए ।

बेचिएका यी जुम्ल्याहामध्ये एमीले सबैभन्दा पहिले आफ्नो अतीतका टुक्रालाई जोड्न सुरु गरिन् । उनी एउटा यस्तो फेसबुक ग्रुपमा जोडिइन् जसले त्यस्ता बालबालिकालाई आफ्ना परिवारसँग भेटाउँथ्यो जसलाई आफूहरु गैरकानूनी तरिकाबाट अपनाइएको आशंका थियो ।

सो फेसबुक पेजको नाम भेदजेब हो । जर्जियन भाषामा यसको अर्थ हुन्छ मैले खोजिरहेको छु । मरे भनिएका आफ्ना सन्तानहरु खोजिरहेका आमा तथा वास्तविक बुवाआमा खोजिरहेका सन्तानहरुले यो फेसबुक पेज चलाउँछन् । यो फेसबुक पेजमा २ लाख ३० हजार सदस्य छन् । एमीले सोही फेसबुक पेजमा आफूहरुको कथा पोस्ट गरिन् ।

संयोगवस जर्मनीमा बस्ने एक महिलाले एमीको सोसल मिडिया पोस्टमा जवाफ दिइन् । उनले लेखेको जवाफमा भनिएको थियो- तिम्री आमाले सन् २००२ मा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । त्यसपछि बिछोडिएका दिदी बहिनीले १९ वर्षपछि आफ्नी आमासँग भेट गर्ने निधो गरे ।

आफ्नी वास्तविक आमासँग भेट गर्न उनीहरु सफल भए । त्यो भेट निकै नै दर्दनाक पीडाले भरिएको थियो । त्यसक्रममा भावविह्वल आमाले आफू कोमाबाट निस्किएपछि छोरीहरुको बारेमा सोधेको र आफूलाई छोरीहरुको मृत्यु भएको जवाफ दिइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?