+
+

जब महिलाको भेषमा प्रेमिकाको परीक्षा दिन गएका युवक पक्राउ परे…

एजेन्सी एजेन्सी
२०८० माघ ३ गते १३:५६

पन्जाबी शुट, ओठमा लाली, निधारमा टिकी र हातमा चुरा लगाएर आफ्नी प्रेमिकाको नामबाट परीक्षा दिन पुगेका अंग्रेज सिंहले ठ्याक्कै महिलाजस्तै देखिनका लागि ठूलै कसरत गरे ।

पन्जाबको फरिदकोटमा जनवरी जनबरी ७ मा बहुउद्देश्यीय सरकारी स्वास्थ्यकर्मी भर्नाको लागि लिइएको परीक्षामा उनी आफ्नी प्रेमिका परमजीतको भेषमा उनकै नामबाट परीक्षा दिन गएका थिए ।

उनले नक्कली आधार कार्ड र मतदाता परिचयपत्र पनि बोकेका थिए । तर, ढाँटेको कुरा कहाँ काटिन्थ्यो र ? बायोमेट्रिक रेकर्ड लिने क्रममा उनको फिंगरप्रिन्ट प्रेमिकाको रेकर्डसँग मिलेन । त्यसपछि परीक्षाका सुपरीवेक्षकहरुले प्रहरीमा खबर गरे ।

अन्ततः प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार गर्दा उनको कर्तुतको पर्दाफास भयो । उनले प्रेमिकाको नामबाट प्रेमिकाकै भेषमा गएर परीक्षा दिने प्रयास गरेको स्वीकार गरे । उनलाई धोकाधडीको अभियोगमा प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?