+
+

दैलेखबाट एसईईका एकजना नक्कली परीक्षार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १३:३१

१५ चैत, सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

‘त्रिभुवन माविमा एक जना नक्कली परिक्षार्थी भेटिएपछि विद्यालयले नै पत्र काटेर पठाएको छ । थप अनुसन्धान भइरहेकोछ’ उनले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?