+
+

ब्राजिलमा जेलमा पहरा दिंदै हाँसको फौज

एजेन्सी एजेन्सी
२०८० पुष ११ गते ९:५२

दुनियाँमा प्रविधिको क्षेत्रमा तीव्र तथा उत्कृष्ट ढंगले परिवर्तन भैरहेको छ । जसका कारण कुनै पनि कामका लागि मानिसको खाँचो कम हुँदैछ र मेसिनले मान्छेको जागिर हडपिरहेको छ।

जेलहरुमा सुरक्षा गार्डको साटो क्यामराहरुबाट निगरानी गर्न थालिएको छ । तर, ब्राजिलको एउटा जेल भने उसका विशेष खालका सुरक्षा गार्डको दस्ताका कारण चर्चित बनेको छ ।

सान्टा क्याटारिना प्रान्तमा रहेको उक्त जेलले सुरक्षाको लागि जेल परिसरमा कुकुरको साटो हाँसलाई राखेको छ । आखिर हाँसले त्यस्तो के पो गर्न सक्छ र भन्ने लाग्ला ? जेल प्रशासनको दाबी अनुसार यो पन्छी गार्डको रुपमा निकै प्रभावकारी देखिएको छ । हाँसको सुन्ने क्षमता निकै राम्रो हुन्छ र जब उनीहरुले कुनै आवाज सुन्दछन् तब कडा ध्वनी निकालेर सतर्क गराउँछन् ।

जेलका निर्देशक मार्कोस रोबर्टाे डी सूजाले रोयटर्ससँग भनेका छन्, ‘हामीसँग विद्युतीय निगरानी प्रणाली पनि छ र व्यक्तिगत निगरानी पनि छ । तर, हामीले अब कुकुरको साटो हाँसबाट निगरानी गर्ने व्यवस्था सुरु गरेका छौं । रातको समय निकै शान्त हुन्छ, यहाँसम्म कि दिउँसोको बेला समेत जेल शान्त हुन्छ । यस्तोमा हाँस निकै प्रभावकारी हुन्छ ।’

हाँसको सुरक्षा गार्ड दस्ता जेलको काँडेतारको भित्र तथा यसको मुख्य बाहिरी पर्खालको बीचको ठाउँमा गस्ती गर्दछ ।

ब्राजिलमा अन्य जेलहरुले पनि जेल परिसरको निगरानीको लागि कुकुरको साटो हाँसको फौज पाल्न सुरु गरेका छन् ।

कुकुरभन्दा हाँसको पालन सस्तो पर्ने र प्रभावकारी हुने बताइएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?