+
+

ब्राजिलको प्रशिक्षक बन्न डोरिबल जुनियरले छाडे साओ पाउलो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:३४

२३ पुस, काठमाडौं । ब्राजिलियन राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्नका लागि त्यहाँको क्लब साओ पाउलोका प्रशिक्षक डोरिबल जुनियरले क्लब छाडेका छन् ।

साओ पाउलोले डोरिबलले क्लब छाडेको आइतबार पुष्टी गरेको छ । ब्राजिलले भने डोरिबलको नियुक्तिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

ब्राजिलले शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई जिम्मेवारीबाट मुक्त गर्दै नया स्थायी प्रशिक्षकको खोजी गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अनुसारका अनुसार अब डोरिबल नै ब्राजिलको नयाँ प्रशिक्षक बन्नेछन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार डोरिबल नै ब्राजिलको प्रशिक्षकका लागि पहिलो विकल्पमा छन् ।

ब्राजिलयन फुटबल महासंघ (सीबीएफ) कार्लो एन्सेलोट्टीलाई अनुबन्ध गरे प्रयास असफल भएपछि नयाँ प्रशिक्षक खोजी गरेको हो ।

६१ वर्षीय डोरिबलले आफ्नो सपना पार हुन लागेको बताएका छन् । उनले भने, ‘यो व्यक्तिगत सपना पूरा हुँदैछ ।’

साओ पाउलोका अध्यक्ष जुलियो सेजारेसले डोरिबललाई प्रस्ताव आउनु नै आफ्नो क्लब राम्रो स्थानमा हुनु बताएका छन् । साथै उनले डोरिबललाई नयाँ चुनौतीका लागि शुभकामना पनि दिएका छन् ।

ब्राजिल २०२६ को लागि राम्रो टिम निर्माण गर्दै सिधै छनोट हुनका लागि स्थायी प्रशिक्षकको खोजीमा छ ।

सन् २००२ बाट प्रशिक्षकको यात्रा सुरु गरेका डोरिबलले सन् २०२२ मा फ्लेमेङ्गोलाई कोपा लिबरटाडोरेसको उपाधि दिलाएका थिए । त्यसपछि उनी साओ पाउलोमा अनुबन्ध भएका थिए । जहाँ उनले गत वर्ष क्लबलाई पहिलो ब्राजिलियन कप जिताएका थिए ।

उनले एट्लेटिको मिनेइरो, एथ्लेटिको पारानाएन्स, इन्टरनासिओनाल, भास्को द गामा, फ्लुमिनेन्स र पाल्मेइरासको प्रशिक्षण सम्हालिसकेका छन् ।

सन् २०२६ को विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल छैटौं स्थानमा छ । अहिलेसम्म खेलेका ६ मध्ये ब्राजिलले २ खेल मात्र जितेको छ भने ३ खेल हारेको छ । १ खेल बराबरी खेलेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?