+
+

Nepal police vs APF [LIVE]

LIVE
२०८० माघ १२, शुक्रबार
Nepal Police Club
Nepal Police Club
Man Bahadur Pariya(19),Man Bahadur Pariya(71)
2 - 0 Regular Full Time
APF football club
APF football club
Pokhara Rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
डिफेण्डर मान बहादुर परियारको दुई हेड गोल मद्तमा नेपाल पुलिसले विभागीय प्रतिद्वन्दी एपीएफलाई २-० ले पराजित गर्दै २३औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले अब अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल थ्री स्टार भुटानी लिग च्याम्पियन पारो एफसीबीच हुनेछ ।
Full Time
Regular Full Time
90+4'
फ्री किक

फ्री किक

नेपाल पुलिसले फ्रिकिक पाएकाे छ । प्रताप पुरुङले हानेकाे फ्रिकिक एपीएफका खेलाडीले क्लियर गरे ।

90+3'
Commentry

पुलिसका खेलाडी सञ्जीव लामा केही समस्यामा देखिएका छन्। उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएकाे थियाे । तर उनी ठीक भएर मैदान प्रवेश गरिसकेका छन् ।

substitute खेलाडी परिवर्तन 90+2'

90+1'
फ्री किक

फ्री किक

एपीएफले फ्रिकिक पाएकाे छ ।

90'
Commentry

४ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।

89'
Commentry

एपीएफले गोल गर्ने राम्रो अवसर गुमाएको छ । पुलिसका गोलकिपर शत्रुघनले रोक्न नसकेको बल रिबाउन्डमा दिपेश धिमालले हानेका थिए तर बल बाहिर गयो ।

substitute खेलाडी परिवर्तन 88'

substitute खेलाडी परिवर्तन 86'

substitute खेलाडी परिवर्तन 86'

83'
Commentry

What a Misss !!! पुलिसका प्रविण थापाले एपीएफका गाेल रक्षक उज्वल श्रेष्ठसँग वन भर्सेस वनकाे अवस्थामा बिट गर्दै भली प्रहार फितलाे रह्याे । बल पाेस्टसम्म पुग्न सकेन र एपीएफका खेलाडीले क्लियर गरे ।

80'
offside

अफ साइड

नेपाल पुलिसका प्रविण थापालाई रे्फ्रीले अफसाइड दिएका छन् ।

78'
पहेंलो कार्ड

पहेंलो कार्ड

एपीएफका खेलाडीले पहेंलाे कार्ड पाएका छन् ।

substitute खेलाडी परिवर्तन 77'

76'
Commentry

एपीएफका युवराज खड्काले प्रहार गरेकाे बल पाेस्ट माथिबाट बाहिरिएकाे छ । उनले नेपाल पुलिस क्लबका गाेलरक्षक शत्रुधन चाैधरीकाे रिबाउन्ड बल प्रहार गरेका थिए ।

74'
Commentry

एपीएफका प्रदीप लामाले पेनाल्टी बक्समा क्रस फालेकाे बल युवराज खड्काले भेटेका थिए । तर उनले बललाई निश्चित दिशा दिन नसक्दा पाेस्टभन्दा बाहिर बाहिरिन पुगेकाे छ ।

71'
Goal
Nepal Police Club - Man Bahadur Pariya
GOAL !

  • Goal!! मान बहादुर परियारले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेका छन्छ । उनले टिममेटबाट क्रसमा प्राप्त बलमा हेड मार्फत गोल गरे ।

70'
Commentry

ohh!! नेपाल पुलिसका प्रविन थापाले पेनाल्टी बक्स नजिक दायाँ साइडबाट हमानेको शक्तिशाली प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले मुस्किलले बचाउने क्रममा बाहिर गएपछि पुलिसले कर्नर पाएको छ ।

Commentry

66'
फ्री किक

फ्री किक

नेपाल पुलिसले फ्रिकिक पाएकाे छ । अञ्जन राईले हानेकाे फ्रिकिक विपक्षी खेलाडीले क्लियर गरे ।

64'
फ्री किक

फ्री किक

एपीएफले फ्रिकिक पाएको छ । मणि लामाले हानेको फ्रिकिक पुलिसका खेलाडीले क्लियर गरे ।

substitute खेलाडी परिवर्तन 63'

substitute खेलाडी परिवर्तन 63'

61'
पहेंलो कार्ड

पहेंलो कार्ड

एपीएफका बुद्धिमान राईले पहेंलाे कार्ड पाएका छन् ।

Commentry
पहिलाे हाफमा १-०ले पछि परेकाे एपीएफ दाेस्राे हाफमा आक्रामक खेलिरहेकाे छ । खेल बराबरीमा ल्याउन विपक्षी टाेलीलाई दबाबमा राख्दै गाेल फर्काउन प्रयासरत छ ।
57'
corner

कर्नर किक

एफीएफले कर्नर पाएकाे छ ।

substitute खेलाडी परिवर्तन 55'

53'
फ्री किक

फ्री किक

एफीएफले फ्रिकिक पाएकाे छ । मणिकुमार लामाले हानेकाे फ्रिकिक पुलिसका खेलाडीले क्लिएर गरे ।

53'
corner

कर्नर किक

एपीएफले कर्नर पाएकाे छ । बुद्धिमान राईले हानेकाे कर्नर पुलिसका खेलाडीले क्लियर गरे ।

50'
Commentry

नेपाल पुलिसका उज्वल राईले हानेकाे कर्नर विपक्षी गाेल रक्षकले सहज बचाउ गरेका छन् ।

50'
फ्री किक

फ्री किक

नेपाल पुलिसले कर्नर पाएकाे छ ।

46'
फ्री किक

फ्री किक

एपीएफले मध्यभाग नजिक फ्रिकिक पाएको छ । मणि लमाले हानेको फ्रिकिक कुनै खतरा भएन ।

Second Half Time
Second Half Kick Off
Commentry
निर्धारित पहिलाे हाफ सकिँदा नेपाल पुलिस १-0 ले अग्रता लिएकाे छ । दास्राे हाफमा एपीएफले नतिजा उल्ट्याउन सक्ला त ?
Half Time
Half Time
45+2'
corner

कर्नर किक

एपीएफले कर्नर पाएकाे छ । मणि लामाले हानेकाे कर्नर पुलिसका खेलाडीले क्लिएर गरेका छन् ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

44'
फ्री किक

फ्री किक

एपीएफले पेनाल्टी बक्स नजिकै दायाँ साइडमा फ्रिकिक पाएकाे छ ।

43'
offside

अफ साइड

पुलिसका प्रताप गुरुङकाे बल समात्ने क्रममा प्रकाश बुढालाई रेफ्रीले अफसाइड दिएका छन् ।

41'
Commentry

एपीएफका मणि लामाले प्रहार गरेकाे फ्रिकिक पाेस्टभन्दा धेरै माथिबाट बाहिरिएकाे छ ।

40'
फ्री किक

फ्री किक

पुलिसका अञ्जन राईले ह्यान्ड गरेपछि एपीएफले पेनाल्टी बक्सकाे थाेरै बाहिर फ्रिकिक पाएकाे छ ।

Commentry
खेलकाे चाैंथाे दिन दर्शककाे संख्यामा केही वृद्धि भएकाे छ । दर्शकहरु आफ्ना पक्षका टिमलाई हुटिङमार्फत उत्साह थपिरहेका छन् ।
35'
corner

कर्नर किक

ohh brilliant save by police keeper !! एपीएफका मणि कुमार लामाले हानेको कर्नरमा उनका टिममेटले हानेको प्रहार पुलिसका किपर शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरेका छन् । एपीएफ लगातार आक्रमणमा रहेपनि गोल गर्न सकेको छैन ।

34'
Commentry

मणि कुमार लामाले हानेको फ्रिकिक पुलिसका खेलाडीलाई ड्रिफ्लेक्ट हुँदै गएको थियो । पुलिसका किपर शत्रुघनले रोक्ने प्रयास गरेपनि सफल भएनन् र बल बाहिर गएपछि एपीएफले कर्नर पाएको छ ।

34'
फ्री किक

फ्री किक

एपीएफले पेनाल्टी बक्सको थोरै बाहिर फ्रिकिक पाएको छ । गोल गर्ने राम्रो अवसर छ ।

33'
Commentry

ohhhh ! एपीएफका प्रदीप लामाले बायाँ साइडबाट बल अगाडि बढाएर पेनाल्टी बक्समा पुर्‍याउँदै प्रहार गरेकाे बल क्रस बारमा लागेर फर्किएकाे छ । खेललाई बराबरीमा ल्याउने सुन्दर माैका एपीएफले गुमाउन पुगेकाे छ ।

29'
फ्री किक

फ्री किक

एपीएफले पेनाल्टी बक्सकाे थाेरै बाहिर फ्रिकिक पाएकाे छ । मणिकुमार लामाले हानेकाे फ्रिकिक पुलिसका खेलाडीले क्लियर गरे ।

28'
Commentry

नेपाल पुलिसका उज्वल राईले बायाँ साइडबाट हानेकाे लङ सट एपीएफका गाेल रक्षक अञ्जल श्रेष्ठले सजिलै बचाएका छन् ।

22'
फ्री किक

फ्री किक

नेपाल पुलिसले फेरि फ्रिकिक पाएकाे छ । प्रताप गुरुङले दीपेन्द्र विकलाई सट पास दिएका थिए । उनकाे क्रसलाई एपीएफका खेलाडीले सुरक्षित गरे ।

19'
Goal
Nepal Police Club - Man Bahadur Pariya
GOAL !

  • Goallllllllll!!! नेपाल पुलिसका मानबहादुर परियारले गाेल गर्दै टिमलाई अग्रता दिलाएका छन् । उनले प्रताप गुरुङले हानेकाे फ्रिकिकमा पेनाल्टी बक्समा रहेका परियारले हेडमार्फत गाेल गरे ।
 

18'
फ्री किक

फ्री किक

नेपाल पुलिसले फ्रिकिक पाएकाे छ ।

13'
Commentry

एपीएफले फेरि फ्रिकिक पाएकाे छ । मणिकुमार लामाले हानेकाे बल पुलिसका खेलाडीलाई लाग्दै बक्समा पुगेका थियाे । पुलिसका हेम तामाङले बल क्लियर गरे ।

11'
Commentry

एपीएफले फ्रिकिक पाएकाे छ । मणि लामाले हानेकाे फ्रिकिकमा रुपेश धिमालले हेड गरेका थिए । तर पुलिसका गाेल रक्षकले बल क्याच गरे ।

10'
Commentry

नेपाल पुलिसका प्रताप गुरुङले दायाँ साइडबाट हानेकाे लङ सट एपीएफका गाेल रक्षकले सहज बचाउ गरे ।

7'
Commentry

नेपाल पुलिसले फ्रिकिक पाएकाे छ । मानबहादुर परियारले हानेकाे फ्रिकिक एपीएफलाई कुनै खतरा भएन । उनले हानेकाे लङ सटमा एपीएफका गाेल रक्षक अञ्जल श्रेष्ठले सहज क्याच गरे ।

6'
फ्री किक

फ्री किक

एपीएफका मणि लामाले हानेकाे फ्रिकिक वालमा बसेका पुलिसका खेलाडीले राेकेका छन् ।

5'
पहेंलो कार्ड

पहेंलो कार्ड

एपीएफका युवराज खड्कालाई लडाएपछि पुलिसका मान बहादुर परियारले पहेंलाे कार्ड पाएका छन् ।

3'
Commentry

नेपाल पुलिसका दिपेन्द्र विकको विपक्षीको बक्समा प्रहार गरेको बल प्रताप गुरुङले भेटेका थिए तर टार्गेटमा प्रहार गर्न सकेनन् ।

14:35'
Commentry
Commentry
आजकाे खेलकाे मुख्य रेफ्री प्रज्वल क्षेत्री छन् भने किसन कनैया यादव र विशन बानियाँ सहायक रेफ्री छन् ।
Commentry
खेल केहीबेरमा सुरु हुँदैछ । नेपाल पुलिस क्लबका खेलाडी निलाे र एपीएफका खेलाडी सुन्तले रङकाे जर्सीमा मैदान प्रवेश गरेका छन् ।
Commentry
एपीएफमा राष्ट्रिय टिमबाट खेलिसकेका मणि लामा छन् । यस्तै उमेर समूहबाट खेलेका रोमन रसाइँली पनि एपीएफमा छन् । पहिलो रोजाईँको किपरमा एनएसएलमा काठमाडौं रेजर्सबाट खेलेका एन्जल श्रेष्ठ छन् । यस्तै प्रदिप, लामा विके तामाङ, युवराज खड्का, हरी कार्की, मान बहादुर राना मगर, दिपेश घिमाल एपीएफका मुख्य खेलाडीहरु हुन् ।
Commentry
कुनै बेला घरेलु फुटबलको बाघको रुपमा रहेको पुलिसमा राष्ट्रिय खेलाडीहरुको वर्चस्व हुनुथ्यो । तर अहिले भने राष्ट्रिय टिममा अन्जन राई मात्र पुलिस टिममा छन् । दशकअघि राष्ट्रिय टिमबाट खेलेका भेट्रान सुमन सुवेदी पनि पुलिसको टिममा छन् । उनी पुलिसले आहारारामा उपाधिमा ह्याट्रिक गर्दा टिमको ससस्य थिए । च्याम्पियन टिमकै सदस्य रहका चेतन घिमिरे हाल पुलिसको प्रशिक्षकको जिम्मेवारीमा छन् । रामचन्द्र वाजीको कप्तानीमा रहेको पुलिसमा गोलकिपर शत्रुघन चौधरी, हेम तामाङ, मान बहादुर परियार लगायत अनुभवी खेलाडी छन् ।
Commentry
आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा दुवै टिमले दोस्रो पटक सँगै मैदान उत्रन लागेका हुन् । यसअघि २०६४ मा भएको छैटौं आहा गोल्डकपको फाइनलमा दुवै टिम पुगेका थिए । छैटौं आहा गोल्डकपको फाइनलमा नेपाल पुलिसले एपीएफलाई २–०ले पराजित गर्दै उपाधि जितेको थियो ।
Commentry
आाहारारामा नेपाल पुलिस क्लब लगातार ३ पटक उपाधि जितेर ह्याट्रिक गर्ने टिम पनि हो । नेपाल पुलिसले ०६४, ०६५, ०६६ मा लगातार उपाधि जितेकाे थियाे ।
Commentry
एपीएफले २०७८ मा  मनाङमर्स्याङ्दी क्लबलाई हराउँदै पहिलो पटक उपाधि जितेकाे थियाे ।  निर्धारित समय २–२ ले बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा आर्मीलाई ५–४ गोलअन्तरले हराउँदै एपीएफले पहिलो पटक उपाधि जितेको थियो ।
Commentry
आजको खेल विजेता टोली क्वार्टरफाइनल प्रवेश गर्नेछ र चर्च ब्वाइज युनाइटेड क्लबसँग माघ १६ गते अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।
Commentry
नेपाल सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले आहारारा पाेखरा गाेल्डकपमा २०६२ को आहा गोल्डकपदेखि सहभागी हुन थालेको हो । २ पटक फाइनल पुगेको एपीएफले एकपटकमात्रै उपाधि चुमेको छ । एपीएफले पहिलो पटक २०७८ मा भएको २० औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।
Commentry
विभागीय टिम नेपाल पुलिस आहारारा संस्करणकै सर्वाधिक सफल र अनुभवी टिम हाे । आहारारा पाेखरा गाेल्डकपकाे पहिलाे संस्करण क्याराभान कप जितेकाे नेपाल पुलिसले हालसम्म ६ पटक उपाधि जितिसकेकाे छ भने ५ पटक उपविजेत बनेकाे छ । नेपाल पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ सालको आहाराराको उपाधि जितिसकेको छ ।
Commentry
नमस्कार स्वागत छ । २३औं आहारारा पोखरा गोल्डकप अन्तर्गत चौथो तथा अन्तिम प्रिक्वाटरफाइनलमा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
TAC
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan