+
+

Paro vs Three Star [LIVE]

LIVE
२०८० माघ १३, शनिबार
Paro FC, Bhutan
Paro FC, Bhutan
0 - 2 Full Time
Three Star Club
Three Star Club
Ashish Chapagain(114),Ashish Chapagain(119)
Pokhara Rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
अतिरिक्त समयको अन्तिम ६ मिनेटमा आशिष चापागाईँले दुई गोल गरेपछि भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार २३औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले अब मनाङ मर्स्याङ्दी र जावलाखेलबीच हुने तेस्रो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । प्रतियोगितामा आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच हुनेछ ।
Full Time
Full Time
120'
Commentry

अतिरिक्त समयको अन्तिममा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

119'
Goal
Three Star Club - Ashish Chapagain
GOAL !

Goal!! थ्री स्टारले दोस्रो गोल गरेको छ । यस पटक पनि आशिष चापागाईँले नै गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका हुन् ।

118'
corner

कर्नर किक

पारोले कर्नर पाएको छ । शेरुब दोर्जीले हानेको कर्नर सिधै थ्री स्टारका किपर अभिषेक बरालको हातमा । उनले सहजै बचाए ।

114'
Goal
Three Star Club - Ashish Chapagain
GOAL !

Goal!!! आशिष चापागाईँले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका छन् । उनले पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । पारोका किपर जाङ्गपोले बल रोक्ने कुनै अवसर नै पाएनन् ।

107'
corner

कर्नर किक

थ्री स्टारले कर्नर पाएको छ ।

substitute खेलाडी परिवर्तन 106'

Commentry
अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको छ  ।यो १५ मिनेटमा कसले गोल गर्लात ?
Second Half Time
Extra Time Second Half Kick Off
Commentry
पाराेका फ्लाेरेन्टलाई पहेंलाे कार्ड देखाइएकाे छ ।
Half Time
Extra Time Half Time
105'
Commentry

अतिरिक्त समयको पहिलो हाफको अन्त्यमा एक मिनेट थप गरिएको छ ।

105'
Commentry

थ्री स्टारमका मौसम सुब्बाले अर्को अवसर गुमाए । उनको प्रहार पोष्ट बाहिर गयो ।

105'
Commentry

थ्री स्टारका विराज महर्जनले दायाँ साइडबाट बक्समा हानेको प्रहार पारोका फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका छन् ।

103'
Commentry

पारोका यशी दोर्जीको क्रसमा शेरुब दोर्जीले हानेको प्रहार फितलो रह्यो । उनले टार्गेटमा हान्न सकेनन् ।

102'
corner

कर्नर किक

पारोले कर्नर पाएको छ ।

101'
Commentry

थ्री स्टारका दिपेश आले मगरले पेना्लटी बक्स बाहिरबाट टर्न गर्दै हानेको लङ सट सिधै पारोका किपर जाङ्गपोको हातमा । उनले बल सहजै बचाए ।

97'
corner

कर्नर किक

पारोले कर्नर पाएको छ । शेरुब दोर्जीले बायाँ साइडबाट हानेको कर्नर थ्री स्टारका किपर अभिषेक बरालले सहजै बचाए ।

92'
फ्री किक

फ्री किक

पारोले फ्रिकिक पाएको छ । शेरुब दोर्जीले हानेको प्रहार थ्री स्टारका गोलकिपर अभिषेक बरालले क्याच गर्दै बचाए ।

91'
Commentry

अतिरिक्त समयको खेल सुरु भएको छ । कसले गोल गर्ला ?

Kick Off
Extra Time Kick Start
Commentry
निर्धारित समयमको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अब खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरेर खेलाइनेछ ।
Full Time
Regular Full Time
90+6'
फ्री किक

फ्री किक

शेरुब दोर्जीले हानेको फ्रिकिक थ्री स्टारका खेलाडीले क्लियर गरे ।

90+5'
फ्री किक

फ्री किक

पारोले अन्तिम क्षणमा फ्रिकिक पाएको छ । के गोल गर्ला त ?

90+5'
फ्री किक

फ्री किक

थ्री स्टारले डिफेन्सिभ क्षत्रेमा फ्रिकिक पाएको छ ।

Commentry
थ्री स्टारले गोल गर्ने लगातार चान्स बनाएपनि सदुपयोग गर्न सकेन । पारोका किपर ग्याल्सेन जाङ्गपोले पनि राम्रो बचाउ गरिरहेका छन् ।
90+1'
Commentry

निर्धारित ९० मिनेटमा दुवै तर्फबाट कुनै गोल हुन सकेको छैन । इन्जुरी टाइममा पनि गोल नभए ३० मिनेटको अतिरिक्त समय थप हुनेछ र त्यसमा पनि गोल नभए वा बराबरी भए खेल पेनाल्टीसुटआउटमा जानेछ ।

90'
Commentry

४ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 89'

substitute खेलाडी परिवर्तन 88'

86'
Commentry

Again three star miss chance!! आशिष चापागाईँले विपक्षीको पेनाल्टी बक्सको दायाँ साइडबाट हानेको प्रहार सेकेण्ड बार नजिकैबाट बाहिर गयो । खेलमा दुवै टोलीले गोल गर्न सकेको छैन ।

Commentry
राष्ट्रिय टिमका पूर्व कप्तान तथा भेट्रान खेलाडी विराज महर्जन मैदान प्रवेश गरेका छन् । कुनै पनि टिमले गाेल गर्न नसकिरहेकाे अवस्थामा के विराजले टिमलाई अग्रता दिलाउन सक्लान् ?

substitute खेलाडी परिवर्तन 84'

80'
corner

कर्नर किक

थ्रीस्टारका दिपेश आले मगरले हानेकाे कर्नर उनका टिममेटले हेड गरेका थिए । तर बल बाहिरिएकाे छ ।

79'
Commentry

Again Missss !!! थ्रीस्टारका माैसम सुब्बाकाे क्रसलाई राेशन रानामगरले पेनाल्टी बक्सबाट प्रहार गरेका थिए । तर उनकाे बलले सहि दिशा लिन सकेन । थ्रीस्टारले कर्नर पाएकाे छ।

73'
Commentry

पाराेका एसी दाेर्जीले दायाँ साइडबाट प्रहार गरेकाे क्रस केजङ दाेर्जीले पेनाल्टी बक्समा रिसिभ गर्न नसक्दा विपक्षी गाेल रक्षकले सुरक्षित गरेका छन् ।

substitute खेलाडी परिवर्तन 70'

substitute खेलाडी परिवर्तन 70'

69'
Commentry

पाराेका फुब थिन्लेले प्रहार गरेकाे कर्नर थ्रीस्टारका खेलाडीले सुरक्षित गरेका छन् ।

68'
corner

कर्नर किक

पाराेले कर्नर पाएकाे छ ।

Commentry
दाेस्राे हाफकाे सुरुआतमा थ्रीस्टारले पाराे एफसीलाई केही दबाबमा राखेकाे देखिन्छ । गाेल गर्ने प्रयासरत रहेपनि सफल हुन सकेकाे छैन ।
63'
Commentry

what a miss!!! थ्री स्टारले अर्को राम्रो अवसर गुमाएको छ । दिपेश घलेले दिएको पासमा आशिष चापागाईँले पेनाल्टी बक्सबाट भलि प्रहार गरेका थिए । तर उनको प्रहार क्रसबार भन्दा थोरैमाथिबाट बाहिरियो ।

substitute खेलाडी परिवर्तन 62'

Dipesh Ghale Midfielder
Aditya Shakya Midfielder
59'
Commentry

ohhh!! थ्री स्टारले गोल गर्ने राम्रो अवसर गुमाएको छ । आशिष चापागाईँले दायाँ भागबाट दिएको क्रसमा पेनाल्टी बक्समा पुगेका आदित्य शाक्यले हानेको प्रहार फ्रेममा पर्न सकेन र पोष्ट भन्दा बाहिर गयो ,

56'
Commentry

थ्री स्टारका आशिष चापागाईँले बायाँ भागबाट हानेको प्रहार पारोका किपरले बचाए ।

54'
फ्री किक

फ्री किक

थ्री स्टारले मध्यभाग नजिक अट्याकिङ क्षेत्रमा फ्रिकिक पाएको छ । एन्जल महर्जनले हानेको फ्रिकिक विपक्षीको बक्समा पुगेपनि कुनैखतरा भएन ।

50'
पहेंलो कार्ड

पहेंलो कार्ड

थ्री स्टारका विवेक पौडेललाई पहेँलो कार्ड देखाइएको छ ।

49'
Commentry

पारो शेरुब दोर्जीले हानेको फ्रिकिक सिधै थ्री स्टारका किपर अभिषेक बरालको हातमा । उनलाई बल बचाउन कुनै कठिन भएन ।

48'
फ्री किक

फ्री किक

पारो एफसीले फ्रिकिक पाएको छ ।

Second Half Time
Second Half Kick Off
Commentry
आहारारा पाेखरा गाेल्डकपकाे पहिलाे क्वार्टरफाइनलअन्तर्गत भुटानकाे पाराे एफसी र थ्रीस्टारबीचकाे पहिलाे हाफ सकिएकाे छ । पहिलाे हाफ सकिँदा दुबै टिमले गाेल गर्न सकेका छैनन् ।  एकदमै प्रतिस्पर्धात्मक भइरहेकाे खेलमा दुवै टाेली अग्रता लिने प्रयासमा छन् । दाेस्राे हाफमा कसले गाेल गर्ला ? Any guesssssss ??
Half Time
Half Time
45+2'
corner

कर्नर किक

यसपटक पाराेका शेरुब दाेर्जेले कर्नर हानेका थिए । पारोका खेलाडी हेड गर्न पेनाल्टी बक्समा पुगेपनि सफल भएनन् । थ्री स्टारका खेलाडीले बल क्लियर गरे ।

45+1'
corner

कर्नर किक

पाराेका किंग वाङचुकले हानेकाे कर्नर थ्रीस्टारका विवेक पाैडेलले राेक्ने क्रममा बल बाहिर गएपछि पाराेले फेरि कर्नर पाएकाे छ ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।

45'
Commentry

पाराेले कर्नर पाएकाे छ ।

42'
Commentry

ohhhhhhh ! थ्री स्टारका दिपेश आले मगरले मध्यभाग नजिकैबाट बल अगाडि बढाउँदै काउन्टरमा आशिष चापागाईँलाई पास दिएका थिए । तर आशिषले बल भेट्नुअघि नै पारोका गोलकिपर गेल्शेन जाङ्गपो अगाडि बढ्दै पेनाल्टी बक्सभन्दा बाहिर आएर  बल क्लियर गरे ।

42'
फ्री किक

फ्री किक

थ्रीस्टारले फ्रिकिक पाएकाे छ ।

38'
Commentry

थ्रीस्टारका गाेल रक्षक अभिषेक बरालले पाेस्ट बाहिर पुगेर बल सुरक्षित गरेका छन् । उनले सुरक्षित गर्ने क्रममा बल बाहिरिएकाे छ । पाराेले थ्राे पाएकाे छ ।

34'
corner

कर्नर किक

पारोका फुब थिनलेले हानेको कर्नर थ्री स्टारका खेलाडीले क्लियर गरे ।

32'
Commentry

पारोले राम्रो अवसर गुमाएको छ । यसी दोर्जीले बक्सबाट हानेको बल थ्री स्टारलाई खेलाडीलाई लाग्दै पोष्ट भन्दा माथिबाट बाहिर गयो । पारोले कर्नर पाएको छ ।

31'
Commentry

थ्रीस्टारका एन्जल महर्जनले प्रहार गरेकाे बल पाराेका फ्लाेरेन्टले सुरक्षित गरेका छन् ।

30'
corner

कर्नर किक

थ्रीस्टारले कर्नर पाएकाे छ ।

26'
Commentry

थ्रीस्टारका महेन्द्र कार्कीले पेनाल्टी बक्सकाे दायाँभाग बाट प्रहार गरेकाे लङ सट पाराेका गाेल रक्षक ग्याल्सेन जाङ्पाेले सहजै हातमा लिएका छन् ।

25'
फ्री किक

फ्री किक

थ्रीस्टारले फ्रिकिक पाएकाे छ ।

23'
corner

कर्नर किक

पारोले कर्नर पाएको छ । शेरुब दोर्जीले हानेको कर्नर थ्री स्टारका खेलाडीले बक्सबाट क्लियर गरे ।

22'
corner

कर्नर किक

थ्रीस्टारका राेशन रानाले प्रहार गरेकाे सट कर्नर पास क्लियर भएकाे छ ।

22'
corner

कर्नर किक

थ्रीस्टारका राेशन राना मगरले हानेकाे कर्नरमा विवेक पाैडेलले हेड गरेका थिए । त्याे बल बाहिरिएपछि फेरि कर्नर पाएकाे छ ।

21'
फ्री किक

फ्री किक

थ्रीस्टारले एञ्जल महर्जनले हानेकाे फ्रिकिक पाराेका खेलाडीले क्लियर गर्ने क्रममा बाहिरिएपछि थ्रीस्टारले कर्नर पाएकाे छ ।

Commentry
पाराे एफसी र थ्रीस्टारबीचकाे पहिलाे क्वार्टरफाइनल एकदमै प्रतिस्पर्धात्मक भइरहेकाे छ । दर्शकहरु हुटिङका साथ समर्थन गरिरहेका छन् ।
19'
फ्री किक

फ्री किक

पाराे एफसीले फ्रिकिक पाएकाे छ । फुर्बा वाङचुकले प्रहार गरेकाे फ्रिकिक थ्रीस्टारका खेलाडी माैसम सुब्बाले हेड गर्दै बचाए ।

17'
Commentry

पाराेका फुथ थिन्लेले हानेकाे कर्नर फितलाे रह्याे। थ्रीस्टारका विवेक पाैडेलले सहजै बल क्लियर गर्न सफल रहे ।

16'
corner

कर्नर किक

पाराे एफसीले कर्नर पाएकाे छ ।

15'
Commentry

थ्रीस्टारका दीपेश आलेले प्रहार गरेकाे बल विपक्षी पाेस्टभन्दा धेरै माथिबाट बाहिरिएकाे छ ।

14'
Commentry

शेरुब दाेर्जेजे हानेकाे फ्रिकिकमा शेल्थ्रम नामघ्यालले बक्सभित्रबाट हेडिङ गरेका थिए । तर, बल फ्रेमिङमा पर्न सकेन ।

13'
फ्री किक

फ्री किक

पेनाल्टी बक्स नजिकै पारेका खेलाडीले फ्रिकिक पाएका छन् ।

12'
corner

कर्नर किक

राेशन रानाले प्रहार गरेकाे कर्नर पाराेका खेलाडीले क्लियर गरेका छन् ।

11'
Commentry

राेशन रानाले हानेकाे फ्रिकिक पाराेका खेलाडीले क्लिएर गर्ने क्रममा बाहिरिएकाे छ ।

10'
फ्री किक

फ्री किक

पेनाल्टी बक्सकाे थेारै बाहिर थ्रीस्टारले फ्रिकिक पाएकाे छ ।

7'
Commentry

ohhhh !!! थ्रीस्टारले यहाँ एउटा राम्राे माैका गुमाएकाे छ । पेनाल्टी बक्सभित्र महेन्द्र कार्कीले दायाँ साइडबाट दिएकाे क्रसलाई दिपेश आलेमगरले गाेलकाे दिशा दिन सकेनन् ।

4'
corner

कर्नर किक

पाराे एफसीले कर्नर पाएकाे छ । फुब थिन्लेकाे कर्नर प्रहारलाई थ्रीस्टारका गाेलरक्षक अभिषेक बरालले बचाउ गरेका छन् ।

Commentry
आहाराराकाे पहिलाे क्वार्टरफाइनल आजबाट सुरु भएकाे छ । मैदानमा भुटानकाे पाराे एफसी र थ्रीस्टार भिड्दैछन् । अघिल्ला दिनभन्दा आज दर्शककाे संख्या पनि बढेकाे छ ।
Kick Off
Kick Start
Commentry
खेल केहीबेरमा सुरु हुँदैछ । पाराे एफसीका खेलाडी राताे र थ्रीस्टारका खेलाडी हरियाे, सेताे जर्सीमा मैदान प्रवेश गरेका छन् ।
Commentry
थ्रीस्टारले आहाराराकाे ५ पटक उपाधि जित्दा ३ पटक मनाङमर्स्याङ्दी, एक पटक आयाेजक सहारा र एक पटक विभागीय टाेली नेपाल आर्मीलाई पराजित गरेकाे थियाे । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेकाे थियाे ।
Commentry
थ्री स्टारमा राष्ट्रिय टिमबाट खेलिसकेको योगेश गुरुङले कप्तानी सम्हाल्दैछन् । क्लबका पूर्व कप्तान विक्रम लामा थ्री स्टारको प्रशिक्षकमा छन् । पारोको कप्तानमा किनले वाङ्गचुक छन् भने पुष्पलाल शर्मा प्रशिक्षकको भूमिकामा छन् ।
Commentry
ललितपुरको थ्री स्टार क्लबले ५ पटक आहा राराको उपाधि जितेको छ । यस वर्ष उद्घाटन खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । भुटानी लिग च्याम्पियन च्याम्पियन पारो एफसी भने पहिलो पटक पोखरामा खेल्दैछ ।
Commentry
नमस्कार पर्यटकियन नगरीबाट फेरि स्वागत छ । आज देखि २३औं आहारारा पोखरा गोल्डकपमा क्वाटरफाइनल चरणका खेल सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा आज भुटानको पारो एफसी र नेपालको थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
TAC
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan