+
+

Shahara Club vs Three Star [LIVE]

LIVE
२०८० माघ ९, मंगलबार
Sahara club
Sahara club
Ashish Gurung(23)
1 - 2 Regular Full Time
Three Star Club
Three Star Club
Yogesh Gurung(5),Anish Tamang(59)
Pokhara Rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
विजयी टिम थ्री स्टारका कप्तान तथा गोलकर्ता योगेश गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।
Commentry
पाँच पटकको विजेता थ्री स्टार आयोजक सहारा क्लबमाथि पुनरागमन जित निकाल्दै २३औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा भएको खेलमा तीन गोल नै डिफेण्डरले गरेका थिए । थ्री स्टारले अब १३ माघमा हुने पहिलो क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो खेलमा बुधबार राइजिङ स्टार एफसी, नवलपरासी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच हुनेछ ।
Full Time
Regular Full Time
90+2'
corner

कर्नर किक

सहाराले कर्नर पाएको छ । लक्ष्मण रुचालले हानेको कर्नरमा सहाराले गोल गर्ने अवसर भएपनि सदुपयोग गर्न सकेन । बक्समा हुलमल हुँदा सहाारका खेलाडीले बल पोष्टमा प्रहार गर्न सकेनन् र थ्री स्टारका गोलकिपर अभिषेक बरालले पन्च गर्दै संकट टारे ।

substitute खेलाडी परिवर्तन 90+1'

90'
Commentry

खेलको अन्तिममा ६ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

89'
Commentry

थ्री स्टारका एन्जल महर्जनले हानेको फ्रिकिक सहाराका गोलकिपर टिकेन्द्र थापाले पन्च गर्दै बचाएका छन् ।

88'
फ्री किक

फ्री किक

थ्री स्टारले फ्रिकिक पाएको छ ।

85'
substitute

खेलाडी परिवर्तन

सहाराले दुई खेलाडी परिवर्तन गरेको छ । सुरेश कुमालको स्थानमा सरोज टिटुङ र विशाल नेपालीको स्थानमा भागवत चौधरी मैदान प्रवेश गरेका छन् ।

80'
corner

कर्नर किक

सहाराका खेलाडीले बल पास दिने क्रममा बाहिर फालेपछि थ्री स्टारले कर्नर पाएको छ । दिपेश आलेले हानेको कर्नर कुनै खतरा भएन ।

75'
substitute

खेलाडी परिवर्तन

थ्री स्टारले दुई खेलाडी परिवर्तन गरेको छ । आशिष चापागाईँको स्थानमा दिपेश घले तथा आदित्य शाक्यको स्थानमा प्रशान्त अवस्थी मैदान प्रवेश गरेका छन् ।

Commentry

72'
फ्री किक

फ्री किक

थ्री स्टारले फ्रिकिक पाएको छ ।

70'
corner

कर्नर किक

सहाराले कर्नर पाएको छ । लक्ष्मण रुचालले हानेको हेडरमा अनिश तामाङले हेड गरेका थिए । तर उनको प्रहार बाहिर गयो ।

69'
Commentry

थ्री स्टारका दिपेश आले मगर दायाँ साइडबाट बल अगाडि बढाउँदै बक्स नजिक पुगेका थिए । तर उनले बल क्रस गर्नुअघि नै बल बाहिर पुग्यो ।

66'
substitute

खेलाडी परिवर्तन

सहाराले दुई खेलाडी परिवर्तन गरेको छ । अनिल खड्काको स्थानमा अनिल गुरुङ तथा अनिश पोमु लामाको स्थानमा प्रशन्न श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

65'
फ्री किक

फ्री किक

थ्री स्टारले फ्रिकिक पाएको छ ।

62'
Commentry

सहाराका सुरेश कुमालले हानेको प्रहारले पोष्टको दिशा लिन सकेन ।

59'
Goal
Three Star Club - Anish Tamang
GOAL !

Goal!!  अनिश तामाङको आत्मघाती गोलमा थ्री स्टारले अग्रता लिएको छ । थ्री स्टारले करिब ४० यार्ड टाढा फ्रिकिक पाएको थयो । एन्जल महर्जनले हानेको उक्त फ्रिकिक जोगाउने क्रममा तामाङ आत्मघाती गोल गर्न पुगेका हुन् ।

58'
पहेंलो कार्ड

पहेंलो कार्ड

सहाराका लक्ष्मण रुचालले पनि पहेँलो कार्डको सामना गरेका छन् ।

57'
पहेंलो कार्ड

पहेंलो कार्ड

सहाराका विशाल नेपाललाई पहेँलो कार्ड देखाइएको छ । थ्री स्टारका दिपेश आले मगरलाई धकेपछि उनलाई  पहेँलो कार्ड देखाइएको हो ।

56'
corner

कर्नर किक

सहाराले कर्नर पाएको छ । कप्तान सुशिल लामाले क्विक कर्नर चलाउँदै टिममेटलाई पास दिए ।

55'
फ्री किक

फ्री किक

सहारका लक्ष्मण रुचाले हानेको फ्रिकिक थ्री स्टारका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गयो ।

52'
फ्री किक

फ्री किक

सहाराले फ्रिकिक पाएको छ ।

51'
corner

कर्नर किक

सहाराले कर्नर पाएको छ । लक्ष्मण रुचाले हामनेको कर्नरमा पासाङ लामाले सेकेण्ड बारमा हेड गरेका थिए । तर बल बाहिर गयो ।

50'
फ्री किक

फ्री किक

थ्री स्टारले मध्य भागनजिक फ्रिकिक पाएको छ । एन्जल महर्जनले हानेको प्रहार सहाराका लागि कुनै खतार भएन । सहाराका खेलाडीले क्लियर गरे ।

46'
substitute

खेलाडी परिवर्तन

दुवै टोलीले हाफ टाइममा खेलाडी परिवर्तन गरेका छन् । सहाराको मुकुन्द निउरेको स्थानमा अनिस तामाङ मैदान प्रवेश गरेका छन् । थ्री स्टारको रोशन राना मगरको स्थानमा निरज चौधरी मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा दुवै टोलीले एक-एक गोल गरेका छन् । दोस्रो हाफमा कुन टिमले गोल थप्ला त?
Half Time
Half Time
45+3'
corner

कर्नर किक

थ्री स्टारले फेरि कर्नर पाएको छ । दिपेश आले मगरले हानेको कर्नर सहारका खेलाडीले क्लियर गरे । थ्री स्टारले थ्रो पाएको छ ।

45+2'
corner

कर्नर किक

थ्री स्टारले कर्नर पाएको छ । रोशन राना मगरले क्विक कर्नर चलाएर टिममेटलाई पास दिए ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

43'
Commentry

सहाराका अमित तामाङले करिब ३५ यार्डबाट लङ सट प्रहार गर्दै भाग्य परिक्षण गरेका थिए  । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

Commentry
दुवै टोलीले पहिलो आधा घण्टा भित्रै गोल गरेपछि खेल अहिले प्रतिस्पर्धात्मक बनिरहेको छ । दुवै टोली गोल थप्ने प्रयास गरिरहेका छन् । बराबरी गोल फर्काएपछि सहाराले थ्री स्टारमाथि दबाब बनाइरहेको छ ।
33'
Commentry

सहाराका लक्ष्मण रुचाले दायाँ साइडबाट बल अगाडि बढाइरहेका थिए । पोष्टमा क्रस गर्ने प्रयास गर्दा थ्री स्टारका खेलाडीले बल क्लियर गरे ।

31'
फ्री किक

फ्री किक

सहाराले फ्रिकिक पाएको छ । लक्ष्मण रुचाले दायाँ साइडबाट सिधै पोष्टमा प्रहार गरेका थिए तर थ्री स्टारका गोलकिपर अभिषेक बरालले पन्च गर्दै संकट टारे ।

30'
पहेंलो कार्ड

पहेंलो कार्ड

सहाराका खेलाडीलाई फल गरेपछि थ्री स्टारका जीवन गुरुङलाई पहेँलो कार्ड देखाइएको छ ।

27'
पहेंलो कार्ड

पहेंलो कार्ड

थ्री स्टारका आशिष चापागाईँलाई पहेँलो कार्ड देखाइएको छ । खेलको पहिलो पहेँलो कार्ड हो ।

23'
Goal
Sahara club - Ashish Gurung
GOAL !

Goal!!! घरेलु टोली सहाराले बराबरी गोल फर्काएको छ । लक्ष्मण रुचालले दायाँ भागबाट हानेको फ्रिकिकमा आशिष गुरुङले हेड मार्फत गोल गरे ।

22'
फ्री किक

फ्री किक

सहाराले फ्रिकिक पाएको छ ।

21'
Commentry

सहाराका सुरेश कुमालले विपक्षीको पेनाल्टी बक्सबाट बल हान्ने प्रयास गरेका थिए । तर उनी थ्री स्टारका गोलकिपर अभिषेक बराललाई फल गर्न पुगे ।

19'
corner

कर्नर किक

सहाराले कर्नर पाएको छ ।

Commentry
सुरुमै गोल गरेपछि थ्री स्टार आरामले खेल्दैछ । घरेलु टोली सहारा भने एक गोलले पछि परेपछि बराबरी गोल फर्काउन संघर्ष गरिरहेको छ ।
9'
corner

कर्नर किक

थ्री स्टारले कर्नर पाएको छ ।

8'
Commentry

थ्री स्टारका दुई खेलाडी मैदानमा लडेका छन् । उनीहरु केही समस्यामा छन् । फिजियोले प्राथमिक उपचार गरेपछि एक खेलाडी ठिक भइसकेका छन् । आशिष चापागाईँ भने मैदान बाहिर आएर मैदान भित्र प्रवेश गरेका छन् ।

7'
corner

कर्नर किक

थ्री स्टारले कर्नर पाएको छ ।

5'
Goal
Three Star Club - Yogesh Gurung
GOAL !

goal!! थ्री स्टारले सुरुमै अग्रता लिएको छ । कप्तान योगेश गुरुङले रिबाउन्डबाट प्राप्त बलमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका हुन् ।

Kick Off
Kick Start
Commentry
  • उद्घाटन खेलका लागि सहारा क्लब र थ्री स्टार क्लबका खेलाडी मैदान प्रवेश गर्दैछन् । सहारा हरियो र थ्री स्टार कालो जर्सी लगाएर खेल्दैछ ।
Commentry
  • उद्घाटनअघि सहारा क्लबले नेपाली राष्ट्रिय टिमका सदस्य आयुष घलानलाई सहारा सर्वोत्कृष्ट खेलाडी सम्मानमार्फत सम्मान गरिएको छ । पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यले आयुषलाई सम्मान पत्र प्रदान गरे । साथै आयुषले नगद ५० हजार ५ रुपैयाँ पनि प्राप्त गरेका छन् । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर
Commentry
सहराको कप्तानी सुशिल लामाले गर्दैछन् । सहाराको गोलकिपरमा गत सिजन संकटाबाट उपाधि जितेका टिकेन्द्र थापा छन् । यस्तै लक्षमण रुचाल, अमित तामाङ, आशिष गुरुङ, सुरेश कुमाल लगायत खेलाडी पहिलो रोजाईमा खेल्दैछन् । सहारको प्रशिक्षकमा सुनिल राना मगर छन् ।
Commentry
थ्री स्टारको कप्तानी योगेश गुरुङले गर्दैछन् भने क्लबकै पूर्व कप्तान विक्रम लामा थ्री स्टारको प्रशिक्षकको भूमिका मा छन् । विराज महर्जन भने बेन्चमा छन् ।थ्री स्टारबाट योगेशसहित आशिष चापागाईँ, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराल लगायत खेलाडी पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
उद्घाटन खेलमा सहारा क्लब र थ्री स्टार क्लब भिड्न लागेको यो पहिलो पटक हो । यसअघि यी दुई टोलीबीच दुई पटक खेल भएको छ । जसमा दुवै खेल थ्री स्टारले जितेको थियो । २०६३ सालमा सेमिफाइनलमा थ्री स्टारले सहारालाई ३-० ले तथा २०६९ को फाइनलमा थ्री स्टारले सहारालाई १-० ले हराएको थियो ।
Commentry
पर्यटकिय नगरी पोखराबाट सबैमा नमस्कार । २३औं आहारारा पोखरा गोल्डकपको हामी लाइभ अपडेट लिएर उपस्थित भएका छौँ । उद्घाटन खेलमा आयोजक सहारा क्लब र ए डिभिजनको थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
TAC
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan