+
+

ब्राजिलको अन्तरिम प्रशिक्षक डिनिज पदमुक्त, स्थायी प्रशिक्षकको खोजी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १३:२८

२२ पुस, काठमाडौं । ब्राजिलियन फुटबल टिमका अन्तरिक प्रशिक्षक फर्नान्डो डिनिज पदमुक्त भएका छन् ।

डिनिजको प्रशिक्षणमा विश्वकप छनोटमा खराब नतिजा आएपछि ब्राजिलले डिनिजलाई जिम्मेवारीबाट हटाएर स्थायी प्रशिक्षक खोज्ने जनाएको छ ।

एक वर्षको सम्झौता रहेका डिनिजको प्रशिक्षणमा ब्राजिलले विश्वकप छनोटको ६ खेल खेलेको थियो । जसमा ब्राजिल ३ खेलमा पराजित हुँदा २ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो ।

२०२६ को विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल अंकतालिकाको छैटौं स्थानमा छ ।

डिनिजले ब्राजिलको राष्ट्रिय टिमसँगै त्यहाँको क्लब फ्लुमिनेन्सको समेत काम गर्दै आएका थिए । फ्लुमिनेन्सले कोपा लिबर्टाडोरेसको च्याम्पियन क्लब समेत हो ।

ब्राजिली फुटबल महासंघ (सीबीएफ)ले डिनिजलाई पदमुक्त गरिएको जानकारी गराउँदै उनलाई धन्यवाद दिएको छ ।

सीबीएफका अध्यक्ष एडनाल्डो रोड्रिग्सले सन् २०२६ को विश्वकपमका लागि टिम निर्माण गर्न स्थायी प्रशिक्षक खोज्ने निर्णयको बारेमा बिहीबार फ्लुमिनेन्सका अध्यक्ष मारियो बिटेनकोर्टसँग छलफल गरेका थिए ।

ब्राजिल सन् २०२२ को विश्वकपपछि स्थायी प्रशिक्षक विहीन छ ।

कतारमा भएको विश्वकपमा क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि तत्कालीन मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका थिए ।

सीबीएफ अध्यक्षले रोड्रिग्सले गत जुलाइमा कार्लोस एन्सेलोटीले ब्राजिलको प्रशिक्षण सम्हाल्ने दावी गरेका थिए । तर ६४ वर्षका इटालियन एन्सेलोटीले गत महिना रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन् र उनी २०२६ सम्म रियलमै रहनेछन् ।

रोड्रिगेज सीबीएफको नेतृत्वमा पुनर्स्थापित भएको एक दिन पछि डिनिजलाई हटाउने निर्णय भएको हो । रोड्रिगेजलाई रियो दि जेनेरियो अदालतले डिसेम्बरको सुरुमा रोड्रिग्जलाई हटाएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?