+
+
Shares

इलाममा ओलीको चुनावी भाषण : एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १७:२८

१२ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै कांग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन् ।

निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले बाटो किन नबनेको भन्दै प्रश्न उठाए । १५ वैशाखमा हुने उपनिर्वाचनको प्रचारका लागि इलाम–२ चुलाचुलीमा बुधबार आयोजित सभामा उनले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?’

एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम–२ को समस्या समाधान हुने ओलीले जिकिर गरे । चिया निर्यातमा भारतले गरेको अवरोधका बारेमा भारतीय राजदूतलाई निवासमा बोलाएर छलफल गरेको उनले बताए । ‘उहाँले मलाई आश्वासन दिनुभयो । यो समस्या समाधान म गर्र्छुु भनेर’ ओलीले भने । चिया निकासीको समस्या समाधान भइसकेको ओलीले दाबी गरे ।

चुनावका बेला जतीय कुरा नगर्न ओलीले कार्यकर्तालाई निर्देशन दिए । जातीय कुरा गरे हार्ने निश्चित हुने भन्दै ओलीले थपे, ‘जातीय संकीर्णताको कुरा गर्नु वाञ्छनीय हुँदैन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?