+
+

पेटमा लुकाएर ब्राजिलदेखि नेपालसम्म कोकिन तस्करी, २ विदेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १३:२४

१६ चैत, काठमाडौं । अवैध लागु औषध कोकिनसहित दुई विदेशी नागरिक (एक महिला र एक पुरुष) पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा भेल डोस सान्तोस छन् ।

उनीहरुलाई ठमेलको एक होटलबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १३ चैतमा पक्राउ गरेको हो । उनीहरुले सुटकेशभित्र प्याकेटमा ¥याप गरेर कोकिनका क्याप्सुलहरु राखेको पाइएको ब्यूरोले जनाएको छ ।

उक्त कोकिनको तौल १ किलो ३९० ग्राम छ । पक्राउ परेका दुबै जनाले ब्राजिलको सापाउलोबाट कोकिनका क्याप्सुलहरु निलेर ल्याएको खुलेको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए ।

उनीहरुको पेटमा थप क्याप्सुलहरु रहेको देखिएको भन्दै प्रहरी अस्पताल समेत पठाइएको थियो । अस्पताल लगेर ६५ ग्राम कोकिन निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?