+
+

कुकुर भुकेको निहुँमा महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १२:२८

कहिलेकाही सानो कुराको निहुँमा मानिसले ठूलै लफडा गर्छ र रिसको झोकमा गम्भीर अपराध गर्नपुग्छ । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ ।

एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् ।

सो घटना गत शनिवार राति भएको हो । आफू पसल बन्द गरेर घरतर्फ जाँदै गरेको बेलामा ती महिलाले घरमा पालेको कुकुरले आफुलाई भुकेर तर्साएको भन्दै युवकले झगडा सुरु गरेका थिए ।

रातको साढे १० बजेतिर उनी सामुदायिक हल नजिकै पुगेपछि उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् । त्यसपछि उनी चिच्याउन थाले । उनी चिच्याएको देखेर उक्त कुकुर धनी ६५ वर्षीया महिला घर बाहिर निस्किइन् । त्यसपछि ती युवक र वृद्धाबीच कुकुर भुकेको विषयमा झगडा सुरु भयो ।

झगडा चर्किंदै गएको बेला युवकले महिलाको पेटमा जोडसँग लात्ताले हानेर महिलालाई भुईंमा ढाले । सडकमै ढलेकी ती महिलालाई तत्कालै अस्पताल पुर्‍याइयो र अस्पतालमै उनको मृत्यु भयो ।

अभियुक्त युवकलाई पक्राउ गरिएको र उनीमाथि हत्या अभियोगमा उजुरी दर्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?