+
+

कुकुर र अन्य जनावरलाई होलीको रङ नलगाइदिन मिरुनाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १६:०९
फाइल तस्वीर

काठमाडौँ । देशभर फागुपर्वको उल्लास छ । पहाडी क्षेत्रमा आइतबार र तराईमा सोमबार होलीपर्व मनाइँदैछ । यस्तोमा स्वास्थ्य सतर्कता अपनाएर रङको प्रयोग गर्नुपर्नेजस्ता सल्लाह सामाजिक सञ्जाल सेयर भइरहेको देखिन्छ ।

अहिलेकी व्यस्त अभिनेत्री मिरुना मगरले पनि स्वास्थ्य सावधानी अपनाएर होली खेल्न आग्रह गरेकी छन् । उनले फेसबुक र इन्स्टाग्राममा जनचेतनामूलक पोस्ट सेयर गर्दै कुकुर लगायतका जनावरलाई रङ नलगाइदिन भनेकी छन् ।

उनी लेख्छिन्, ‘विनम्र अनुरोध सबैलाई । कृपया होली खेल्दा पशु जनावरहरुलाई रङ नलगाइदिनुहोला । यो उनीहरुको लागि सुरक्षित हुँदैन ।’ उनले सभ्य ढंगले होली खेल्न समेत अपील गरेकी छन् ।

उनले कुकुर लगायत जनावरका लागि होली प्रयोग गरिने रङ विषालु हुने उल्लेख गरेकी छन् । मिरुनाको यो पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी जनाइरहेका छन् । उनले यस्तो सूचना दिएकोप्रति मिरुनाप्रति आभार व्यक्त गरेका छन् ।

कामको कुरा गर्दा मिरुनाले यसैसाता ‘घरज्वाइँ’को छायांकन गरिन् । उनी अभिनित ‘मनसरा’ प्रदर्शन तयारीमा छ भने ‘ऊनको स्वीटर’ छायांकन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?