+
+

विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १८:११

४ पुस, विराटनगर । विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि केही समय उडान– अवतरण प्रभावित भएको छ । बुधबार दिउँसो एक्कासी रनवेमा एउटा कुकुर देखिएको थियो ।

कुकुर देखिएपछि केही समय उडान अवतरण रोकिएको थियो । रवेमा देखिएको कुकुर लखेट्न विमानस्थलले साइरनसहितको गाडी प्रयोग गरेको थियो ।

गाडीले पछ्याउँदा कुकुर रनवे वरिपरि भागिरह्यो । करिब १५ मिनेटको प्रयासपछि मात्रै कुकुरलाई विमानस्थलबाट बाहिर निकालिएको थियो ।

कुकुर लखेट्न समय लागेपछि बुधबार दिउँसो बुद्ध एयरको विमान केही समय आकाशमै होल्ड गरिएको थियो ।

विमानस्थलको टर्मिनल भवनको पश्चिमतर्फ देखिएको कुकुर कताबाट रनवेमा प्रवेश ग¥यो भन्ने नखुलेको विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले बताए । कुकुर देखिएपछि तुरुन्तै निकालिएको बताउँदै उनले उडान अवतरणमा प्रभाव नपरेको बताए ।

विमानस्थल क्षेत्रमा गरिएको तारबार भत्किएका कारण कुकुर र स्याल बेलाबेला प्रवेश गरेपछि उडान–अवतरण प्रभावित भइरहन्छ । दुई वर्षअघि विमानस्थलको रनवेमा निलगाईको हुल देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?