+
+

यस्तो छ हिटलरको छोटो जुंगाको रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:२४

काठमाडौं । जब हामी नाजी तानाशाह हिटलरका विषयमा कुरा गर्छौँ, तब हाम्रो मानसपटलमा एउटा यस्तो व्यक्तिको तस्वीर आउँछ जसको अनुहार भावहीन छ ।

उसका ठूला ठूला आँखा र अनौठो र घना जुँगा । भनिन्छ कि हिटलरले यी जुँगा खौरिन अस्वीकार गरेका थिए ।

र, यहाँसम्म कि मृत्युको दिनमा समेत जब उनले बर्लिनमा सोभियत सैनिकको आक्रमणपछि आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरे, त्यसदिन पनि उनका जुँगाहरु चिटिक्क पारेर कलमी गरिएको थियो ।

एक निर्मम व्यक्ति हिटलरले ८० वर्षअघि सन् १९४५ को अप्रिल ३० मा आफ्नो भूमिगत फ्युहरर बंकरमा आत्महत्या गरेका थिए ।

हिटलरर्स लास्ट डे ः मिनेट बाई मिनेट नामक पुस्तकमा हिटलरका रहस्यमय जुँगाका विषयमा केही रोचक तथ्यहरु उल्लेख गरिएको छ ।

जोनाथन मेयो र एम्मा क्रेजीद्वारा लिखित उक्त पुस्तकमा लेखिए अनुसार मृत्युको केही सेकेण्ड पछि हिटलरका नाई अगष्ट वोलेनहट हिटलरको कपाल र जुँगा काटिदिनका लागि बेडरुममा पुगेका थिए ।

वास्तवमा हिटलरका जुँगा उसका असमान्य रुपमा ठूलो नाकलाई छोप्नका लागि डिजाइन गरिएको थियो ।

जुँगाको यस्तो शैलीको उत्पत्ति अमेरिकामा भएको हो । अमेरिकामा जुँगाको यस्तो स्टाइललाई टुथब्रस जुँगा भनिन्थ्यो ।

चाहे चार्ली च्याप्लिन हुन् वा वाल्ट डिज्नी, यदि हामीले तस्वीर हेर्यौँ भने उनीहरुका जुँगा हिटलरकै जस्ता छन् ।

हिटलरले टुथब्रस स्टाइलका जुँगा पाल्नुको कारण चाहीँ आफ्नो निकै ठूलो नाकको फेँदको केही हिस्सा जुँगाले छोपोस् र आकार त्यतिसारो ठूलो नदेखियोस् भन्नका लागि थियो ।

पुस्तकमा उल्लेख भए अनुसार हिटलरले सुरुदेखि नै जुँगाको यस्तो स्टाइल अपनाएका भने होइनन् । सुरुवातमा उनले आफ्ना बुवाले जस्तै ताउ लगाउने खालको ह्याण्डलबार स्याइटलमा जुँगा पाल्दथे ।

द वर्ल्ड वार्स नामक एक हिस्ट्री च्यानल शो हेर्नुभयो भने थाहा हुन्छ कि हिटलरले ह्याण्डलबार जुँगालाई हटाएर टुथब्रस शैलीको जुँगा किन छनोट गरे ?

उक्त शोमा बताइए अनुसार हिटलर जब युवा थिए र प्रथम विश्वयुद्धका क्रममा एक सैनिक थिए उनको ह्याण्डलबार जुँगाले ग्यास मास्कलाई कसेर बन्द हुनबाट रोक्दथ्यो । त्यसैले उनले त्यस्तो जुँगा काटिदिए ।

उक्त शोका कार्यकारी निर्माता स्टिफन डेभिडले द र्यापलाई बताए अनुसार उनले आफ्ना जुँगा खौरिन आदेश दिएका थिएनन्, वास्तवमा जब उनी अस्पतालमा थिए तब आफ्ना जुँगा खौरिए ।

स्मरण रहोस् जब जर्मनीमा नाजी पार्टी सत्तामा आयो त्यसबेला हिटलरले आफ्नो टुथब्रस लुक्स जारी राखे । प्रथम विश्वयुद्धपछि यो स्टाइल यसरी ट्रेण्ड बनेर आयो कि प्रथम विश्वयुद्धपछि दोश्रो विश्वयुद्धसम्म यो फेसन नै बन्यो ।

– एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?