+
+

सीआईएको खुलासा, परेवामा यसरी जडान गरिन्छ जासुसी क्यामरा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १४:३६

काठमाडौं । जासूसी गर्नका लागि परेवाको प्रयोग गरिन्छ भन्ने कुरा तपाईले सुन्नुभएकै छ होला । हालै भारतले एउटा परेवालाई चीनको जासूस भएको आशंकामा पक्राउ गरेको घटना सार्वजनिक भयो । तर, अनुसन्धानका क्रममा त्यो जासुसी परेवा नभएको पत्ता लागेपछि भारतले त्यसलाई रिहा गर्यो ।

परापूर्व कालमा मानिसहरुले चिठीपत्र आदानप्रदान गर्नका लागि परेवाको खुट्टामा पत्र बाँधिदिन्थे र परेवालाई हुलाकीको रुपमा प्रयोग गर्दथे भन्ने सुनिन्थ्यो । तर अहिलेको एआईको जमानामा समेत मानिसले परेवालाई जासूसको रुपमा प्रयोग गर्न छाडेको छैन । आखिर त्यो अबोध प्राणीलाई कसरी जासूस बनाइन्छ त ?

उसो त पहिलो विश्वयुद्धमा समेत परेवाको प्रयोग निकै धेरै भएको थियो । धेरै ठाउँमा शत्रुपक्षको निगरानी वा जासूसीका लागि परेवाको प्रयोग गरिन्थ्यो । यसका आफ्नै फाइदा छन् किनकि यसमा खासै ठूलो प्रविधिको प्रयोग हुँदैन ।

जासूसीका लागि ड्रोनको प्रयोग गर्दा पक्रिने सम्भावना हुन्छ । तर परेवा वा अन्य पंक्षीलाई जासूस बनाउँदा अर्को पक्षले थाहा पाउने सम्भावना न्यून हुन्छ । यस्तोमा परेवालाई क्यामरा जडान गरिदिएर उसलाई जासूसीका लागि छाडिन्छ ।

कसरी जासूसी गर्छ परेवाले ?

अमेरिकी इन्टेलिजेन्स एजेन्सी सिआइए ले धेरै पहिले नै परेवाबाट जासूसी गर्नका लागि एउटा विशेष क्यामरा उपकरणको विकास गरेको थियो । सो क्यामरा परेवामा बाँधेर परेवालाई छाडिन्छ । परेवा एउटा साधारण पन्छी भएको हुनाले त्यो जहाँसुकै जान सक्दछ, त्यसैले यसलाई लिएर खासै शंका पैदा हुँदैन ।

सिआइएले जुन क्यामरा विकास गरेको छ उसको मद्दतले सयौँ फिट उचाइँबाट पनि फोटो क्लिक गर्न सकिन्छ । परेवाको उडानसँगै क्यामराबाट तस्वीरहरु क्लिक हुनेगरी त्यसलाई अन गरिन्छ । त्यसमा एउटा सानो ब्याट्री राखिएको हुन्छ । यद्यपि यस्ता परेवाहरुको बारेमा आम रुपमा खासै धेरै जानकारीहरु उपलब्ध हुँदैनन् ।

सिआईएले समेत परेवालाई जासूसी बनाउने यस्तो कार्यक्रम असफल भएको उल्लेख गरेको छ । किनकि परेवा उडेर जहाँपनि पुग्नसक्छ र कुनै निश्चित ठाउँसम्म चरालाई उडाएर पठाउनु निकै कठीन काम हो ।

यसका बाबजुत विभिन्न समयमा जासूसी गर्ने क्यामरा जडित परेवाहरुलाई पक्राउ समेत गरिएको छ ।

भारतले समेत गतवर्ष पक्राउ गरेको एउटा परेवालाई ८ महिना कैदमा राखेर रिहा गरेको छ । सो परेवा चीनले पठाएको आशंका गरेर पक्राउ गरी पशु अस्पतालमा राखिएको थियो । परेवाका पञ्जामा दुईवटा रिंग बाँधिएका थिए । जसमा एउटा तामा र अर्को आल्मुनियमका थिए

। साथै परेवाको प्वाँखको मुनिपट्टि चिनिया भाषामा केही लेखिएको थियो । तर जाँचका क्रममा सो परेवा चीनले जासूसीका लागि पठाएको नभई ताइवानमा एउटा उडान प्रतियोगितामा सामेल भएको र उड्दैउड्दै भारत पुगेको तथ्यको खुलासा भएको थियो । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?