+
+

स्पेस स्टेशनका अन्तरिक्षयात्रीले कसरी एक दिनमै १६ पटक नयाँ वर्ष मनाउन पाउँछन् ?

एजेन्सी एजेन्सी
२०८० माघ १ गते १०:४२

हरेक ९० मिनेटको अन्तरमा नयाँ वर्ष ! वर्ष दिनमै, अझ एक दिनमै १६ पटक नयाँ वर्ष ! यस्तो के सम्भव होला ?

एकपटक नयाँ वर्ष मनाएपछि पुनः नयाँ वर्ष मनाउनको लागि त पूरै एक वर्ष पो कुर्नुपर्छ । तर ब्रम्हाण्डमा एउटा यस्तो ठाउँ पनि छ जहाँ हरेक ९० मिनेटको अन्तरमा नयाँ वर्ष मनाउन पाइन्छ । अनि, एक दिनमै पूरै १६ पटकसम्म नयाँ वर्ष मनाउन सकिन्छ ।

हो, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्षयात्रीहरुले नयाँ वर्षको सुरुआत भएको दिनको सेलिब्रेसन केवल एक पटक होइन १६ पटक गर्न पाउँछन्, एक दिन भित्रमै । अझ रोचक त के भने उनीहरुले हरेक ९० मिनेटको अन्तरमा नयाँ वर्षको पहिलो दिनलाई स्वागत गरिरहेका हुन्छन् ।

यो कुनै रमाइलो तथा लहडबाजी होइन । यसका पछाडि विज्ञान लुकेको छ ।

स्पेस स्टेशनले पृथ्वीको एकपटक परिक्रमा गर्न ९० मिनेट लगाउँछ । यसको अर्थ स्पेश स्टेशनमा हरेक सूर्योदय तथा सूर्यास्तबीचको समय केवल ४५ मिनेटको मात्रै हुन्छ ।

यता पृथ्वीमा भने २४ घण्टा अर्थात् १४४० मिनेटको एक दिन हुन्छ । जबकि स्पेस स्टेशनले पृथ्वीको वरिपरि कक्षमा परिक्रमा पूरा गर्नका लागि केवल ९० मिनेट लगाउँछ । यसको अर्थ २४ घण्टा अर्थात् एक दिनको अवधिमा स्पेस स्टेशनले पृथ्वीको १६ फन्को लगाउँछ ।

अर्थात् अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्षयात्रीहरुले पृथ्वीमा एक दिन पूरा हुँदासम्म १६ पटकसम्म पृथ्वीको सूर्योदय तथा सूर्यास्त देखिसकेका हुन्छन् । यो क्रम हरेक दिन जारी रहन्छ र नयाँ वर्षको दिनमा पनि यहीँ क्रम दोहोरिन्छ । त्यसैले पृथ्वीवासीले जनवरी १ वा वैशाख १ को दिनमा नयाँ वर्ष मनाइरहँदा अन्तरीक्ष स्टेशनका अन्तरिक्षयात्रीले हरेक सूर्योदयसँगै १६ पटकसम्म नयाँ वर्षलाई स्वागत गर्न पाउँछन् ।

स्मरण रहोस् स्पेस स्टेशनले पृथ्वीको परिक्रमा गर्दा एक पटकमा ४२ हजार ६५० किलोमिटर दूरी पार गरेको हुन्छ । हाल स्पेस स्टेशनमा ७ जना अन्तरिक्षयात्री रहेका छन् । जसमा युरोपेली स्पेस एजेन्सीको तर्फबाट ज्यास्मिन मोघबेली र लोराल ओहारा छन् भने जापान एरोस्पेस एजेन्सीबाट सातोशी फरुकावा छन् । त्यसैगरी रुसी अन्तरिक्षयात्री कोन्स्टाटिन बोरिसोभ, ओलेभ कोनोनेंको र निकोलाई चुब पनि हाल अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहँदै आएका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?