+
+

कण्डमदेखि प्याजसम्म, अनलाइनमा के–के किनिए सबैभन्दा धेरै ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १०:४८

काठमाडौं । सन् २०२३ समाप्त हुँदैछ । यही छेकोमा अनलाइनमा खानेकुरा बेच्ने भारतीय अनलाइन स्विग्गीले आफ्नो Swiggy Instamart Quick Commerce Trends 2023 को सूचि सार्वजनिक गरेको छ ।

यसमा भारतीयहरुले यो वर्षभरि स्विग्गी इन्स्टामार्टबाट सबैभन्दा धेरै केके कुरा खरीद गरे भन्ने देखिन्छ ।

उक्त रिपोर्ट अनुसार यो वर्ष चेन्नइका एकजना व्यक्तिले एकैपटकमा ३१ हजार ७४८ भारुको खानेकुरा अर्डर गरेर सबैभन्दा ठूलो अर्डरको रेकर्ड राखेका छन् । उनले कफी, जुस, कुकिज तथा चिप्स लगायतका खानेकुरा अर्डर गरेका थिए ।

त्यस्तै जयपुरका एक व्यक्तिले एक दिनमै ६७ वटा अर्डर गरेर रेकर्ड बनाए भने दिल्लीका एक पसलेले आफ्नो वार्षिक किराना खर्च १२ लाख ८७ हजार ९२० भारुमा १ लाख ७० हजार १०२ भारु ब्चत गरे ।

त्यस्तै सेप्टेम्बर महिनाको तुलना भ्यालेन्टाइन महिना अर्थात् फेब्रुअरीसँग गरियो । किनकि फेब्रुअरीमा नभई सेप्टेम्बरमा सबैभन्दा धेरै कण्डम बिक्री भए ।

तथ्यांक अनुसार गत अगष्ट १२ मा सबैभन्दा धेरै ५ हजार ८९३ वटा कण्डम बिक्री भए । यसका अलावा प्याज, केरा, चिप्स, पेन्टिङ पनि निकै धेरै अर्डर हुने चिजमा परेका छन् ।

मानिसहरु आफ्नो स्वास्थ्यप्रति पनि सचेत हुँदै गएको उनीहरुको किनमेलको ट्रेण्डले देखाउँछ । हालसम्म १३ लाख भन्दा धेरै मखाना अर्थात् फक्स नट बिक्री भएका छन् ।

यसले पनि मानिसहरु मखानालाई आफ्नो मनपर्ने स्न्याक्सको रुपमा प्रयोग गर्न थालेका छन् । फलफूलको क्षेत्रमा आँपको दबदबा रह्यो, खासगरी बैंगलोरमा । गत मे २१ मा एकैदिनमा ३६ टन आँप डेलिभरी भयो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?