Comments Add Comment

विचित्र संसार

List Grid
बच्चाको नाम गुगल राखेपछि दुनियाँकै अनौठो अवार्ड

जो कोही आमाबुवा आफ्नो नवजात शिशुको नाम जुराउन निकै कसरत गर्दछन् । इण्डोनेसियामा एक दम्पत्तिले भने आफ्नो बच्चाको नाम गुगल राखे । छोराको अनौठो नाम राखेपछि ती आमा बुवालाई सबैले खिसिट्यूरी गर्न थाले । तर उनीहरुको त्यो निर्णय अहिले सही सावित भएको छ । ८ महिना उमेरको उक्त बच्चाको नाम निकै लोकप्रिय मात्र बनेको छैन, […]

यी हुन् विश्वका चार अनौठा प्रतियोगिता

तपाइँले क्रिकेट, फुटबललगायतका तमाम खेलकुदका बारेमा सुन्नु तथा देख्नुभएकै छ । तर यो दुनियाँमा यीबाहेक पनि अरु धेरै त्यस्ता प्रतियोगिताहरु छन् जसको बारेमा सायदै तपाइँले कल्पना गर्न सक्नुहोला । आज हामी दुनियाँका त्यस्तै केही अनौठा प्रतियोगिताका बारेमा बताउँदैछौँ । · फिनल्याण्डमा एउटा यस्तो प्रतियोगिता हुन्छ जहाँ सहभागी हुने सबै प्रतियोगीहरु एक रकस्टार जस्तै बनेर पेश […]

एकअर्काको रगत पिउने अचम्मका प्रेमजोडी

प्रेमी-प्रेमिकाले एक अर्काको चुम्बन खानु त स्वभाविकै हो । तर यो दुनियाँमा एउटा प्रेमजोडी यस्तो छ, जसले एक अर्काको रगत पिउँदछ । सुन्दैमा झसङ्ग भइने यो सत्य घटना इटालीको हो । इटालीका ती ब्वायफ्रेण्ड र गर्लफ्रेण्डले एक अर्काको रगत पिउँदछन् । यसको कारण पनि निकै अनौठो छ । द मिररका अनुसार करीब पाँच वर्ष पहिले […]

जापानको अनौठो चलन, जोडी मिलाउन डीएनए टेष्ट

जापनमा डीएनए म्याचिङ्गको माध्यमबाट पार्टनरको खोजी गरिँदैछ । त्यसलाई स्पीड डेटिङ्गको नाम दिइएको छ । यसको पछाडिको तर्क छ कि दुई जनाको जिन जति धेरै फरक हुन्छ, उनीहरु पार्टनरसँग आकर्षित हुने सम्भावना उति नै धेरै हुन्छ । २५ वर्षदेखि जोडी भेट्टाइदिने म्याच मेकिङ्ग सेवा दिइरहेको कम्पनी Nozze  ले डीएनए म्याचिङ्गको कार्यक्रम गत जनवरी देखि सुरु […]

गुगलको भर पर्दा सय वटा गाडी पुगे हिलोको खाडलमा

प्रविधि क्षेत्रमा नयाँ–नयाँ आविष्कार दिनप्रतिदिन भइरहेका छन् । मानिसहरु अहिले आफूलाई भन्दा धेरै प्रविधिलाई विश्वास गर्न थालेका छन् । मान्छेहरु अहिले धेरै भर पर्ने मध्येको एउटा प्रविधि हो, गुगल म्याप । गुगल म्यापको नेभिगेसनको सहयोगमा हामी कसैको सहयोगविनै बाटो पत्ता लगाएर गन्तव्यमा पुग्न सक्छौँ । तर यो गुगल म्याप पनि सधैँ भरपर्दो कहाँ हुन्छ र […]

बन्यो अनौठो औषधि, पादलाई सुगन्धित बनाउने

दुनियामा सबै प्राणीले ग्यास छाड्छन् । चाहे मानिस होस् वा जनावर । आफ्नो सरीरभित्र रहेको अनावश्यक ग्यासलाई मलद्वारबाट पादको रुपमा वा मुखबाट डकारको रुपमा बाहिर निकालिन्छ । कतिपय मानिसमा बढि पाद आउने समस्या नै हुन्छ । यसका कारण उनीहरुलाई त गाह्रो हुन्छ नै अरु मानिसलाई पनि दुर्गन्धले असर पार्दछ । अब चाहीँ बढि पाद आउने […]

२७ वर्षसम्म श्रीमतीलाई गराए यस्तो काम, तिर्नुपर्‍यो २ करोड क्षतिपूर्ति

अर्टेन्टिनामा हालै एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना व्यक्तिले २७ वर्षदेखि आफ्नी श्रीमतीलाई यस्तो काम गराउँदै आएका रहेछन् कि अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । महिलाको उमेर अहिले ७० वर्ष भैसकेको छ । उनी शिक्षित महिला हुन् । अर्थशास्त्रमा स्नातक ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर […]

दुईभन्दा धेरै सन्तान हुनेले चुनावमा उठ्न नपाउने

विश्वका कतिपय देशले कहिलेकाहीँ यस्ता नियम कानून लागू गर्दछन् कि भोग्नेलाई भन्दा सुन्नेलाई नै अप्ठेरो लाग्दछ । छिमेकी मुलुक भारतको उत्तराखण्ड राज्यमा हालै यस्तै एउटा कानून तयार गरिएको छ । उत्तराखण्ड विधानसभाले बुधबार एउटा विधान पारित गरेको छ । उक्त कानून अनुसार अब दुईभन्दा धेरै सन्तान हुने महिला पुरुषहरु स्थानीय पञ्चायतको चुनावमा उम्मेदवार हुन पाउने […]

विचित्रकी महिला, जसले पुरुषको आवाज सुन्न सक्दिनन्

तपाईंले अनेकथरीका मानिस देख्नुभएको छ होला, जसको अचम्म खालको समस्या तथा क्षमता हुन्छ । एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् । समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज […]

जब डिभोर्सकै दिन लोग्नेलाई पर्‍यो ९ अर्बको चिठ्ठा

जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ? अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ । अदालतमा डिभोर्सको मुद्दाको सुनुवाइ चलिरहेका बेला लोग्नेले यस्तो खबर सुने कि खुसीले भुइँमा खुट्टा रहेन । तर अफसोच, उनको खुसी लामो समयसम्म टिक्न […]

दुनियाँमा कुन देशसँग कति छन् परमाणु बम ?

इरान र अमेरिकाबीचको तनावले मथ्थर हुने संकेत गरिरहेको छैन । अमेरिकी ड्रोन इरानले खसालेको पछिल्लो घटनापछि दुनियाँका शक्ति राष्ट्रहरु ध्रुवीकृत हुने लक्षण देखा परेको छ । अमेरिका र रुस पनि फेरि एकपटक आमने सामने देखिन थालेका छन् । दुवै परमाणु हतियार सम्पन्न देश हुनुका कारण यो अवस्था चिन्ताजनक हो । अर्कोतर्फ हतियार दौडमा रहेका केही […]

जहाँ बिकिनी लगाएका महिलाले खाना टकार्छन्

काठमाडौं । दुनियामा व्यापार चम्काउनका लागि नयाँ आइडिया लगाउनै पर्दछ । यस्तो आइडिया लगाउँदै अनेक खालका रेष्टुरेन्ट खुलेका छन् । यसैमध्येको एउटा रेष्टुरेन्ट यति अनौठो छ कि जाउँजाउँ लाग्न सक्छ । चीनको श्यांग सहरमा रहेको डाओजियांग रेष्टुरेन्टले ग्राहक लोभ्याउनका लागि अनौठो उपाय अपनाएको छ । उक्त रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीले बिकिनी लगाउने गर्दछन् । खासगरी […]

कपाकप काँच खाने अनौठा व्यक्ति

दुनियाँमा केही मानिसहरु आफ्नो अनौठो आनीबानी तथा क्षमताका कारण पनि अरुभन्दा भिन्न छन् । ती मानिसहरुका लागि त्यो आनीबानी एउटा शौखको रुपमा हुन सक्दछ, तर देख्ने वा सुन्नेका लागि भने त्यसले शरीरका रौँ ठाडा पारिदिन्छ । भारतको मध्यप्रदेशस्थित डिन्डौरी जिल्लामा रहेको शहपुरामा बस्ने एकजना पुरुष यस्तै अनौठो बानीका कारण चर्चित छन् । दयाराम साहू नामका […]

यी हुन् सिंगापुर बारेका रोचक तथ्यहरु

एसियाको सम्मृद्ध देशहरु मध्येको एक सिंगापुर घुमफिर गर्न चाहने विदेशी पर्यटकहरुको पनि उत्कृष्ट गन्तव्य हो । क्षेत्रफलमा निकै सानो यो देशका केही त्यस्ता रोचक नियम कानून तथा तथ्यहरु छन्, जो सुन्दैमा अनौठो लाग्दछ । · सिंगापुरलाई जरिवानाको देश पनि भनिन्छ । त्यहाँ सार्वजनिक ठाउँमा थुकेमा १ हजार डलर सम्म जरिवाना तिर्नु पर्दछ । साथै जेलको […]

ट्राफिक पुलिसको सूचनाः रक्सी सेवन गरेर मोबाइल नचलाउनुस्

मापसे गरेर सवारी साधन नचलाउन आग्रह गरिएका ट्राफिक प्रहरीका सूचना बोर्डहरु हामीले देेखेकै छौँ । तर जब ट्राफिक प्रहरीले रक्सी पिएको बेला मोबाइल नचलाउन अनुरोध गरेर बकाइदा होर्डिङ बोर्ड नै ठड्याउँछ तब त्यो चर्चाको विषय नबन्ने कुरै भएन । भारतको जम्मु काश्मीर प्रहरीले मुगल रोडस्थित राजमार्गमा राखेको साइन बोर्ड अहिले सोसल मिडियामा भाइरल भैरहेको छ […]

मुख्यमन्त्रीलाई मतदाताको पत्र : मनपर्ने बियर खान पाइएन

काठमाडौं । जनताका गुनासो पनि कस्ता कस्ता हुन्छन् ? अरुलाई अरुको चिन्ता, घरज्वाइँलाई खानकै चिन्ता भन्ने उखान भारतको तेलंगनाका एकजना व्यक्तिले चरितार्थ गरेका छन् । आफूलाई निकै मनपर्ने बियर बजारमा नपाएको भन्दै उनले तेलंगना राज्यका मुख्यमन्त्रीसँग लिखित गुनासो गरेका छन् । मुख्यमन्त्री चन्द्रशेखर रावसँग एक व्यक्तिले अनौठो माग राखे । मुख्यमन्त्रीलाई चिठी लेखेर ती व्यक्तिले […]

३३० किलोका व्यक्तिलाई बाहिर निकाल्न घरको भित्ता फोरियो

काठमाडौं । जिउको तौल आवश्यकताभन्दा बढी हुनु अवश्य पनि राम्रो होइन । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ । पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर […]

यो हो ६ सय वर्ष पुरानो घाँसको पुल

ठूलो नदीमाथि ६ सय वर्ष पुरानो पुल । कुनै काठे वा फलामे पुल होइन, घाँसको डोरीबाट बनेको पुल । सुन्दैमा अनौठो लाग्दछ । तर पेरुमा एउटा यस्तै पुल छ । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो घाँसे पुल बर्सेनि मर्मत गरिन्छ । किनकि हरेक वर्ष त्यो पुल बनाइएका घाँसे डोरीहरु फेर्नुपर्दछ । पुरानो […]

किसानले बनाए रुख चढ्ने साइकल

सुरिलो रुखमा चढ्न मान्छेलाई त गाह्रो हुन्छ । तर भारतमा एकजना किसानले रुख चढ्ने साइकल बनाएका छन् । कर्नाटकका एकजना किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल तयार गरेका हुन् । साइकल आकारको उक्त मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ । कर्नाटकको सजिमामूडा भन्ने गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल तयार गरेका […]

फेसबुकमा फोटो शेयर गर्दा सुन्दरी डाक्टरको जागिर चट्

म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको हो । २८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी तस्वीरहरु हाल्ने गर्दथिन् । अन्ततः उनको यो बानी प्रत्युत्पादक बनेको हो । आफ्नो […]

व्यायाम गर्दा किन निस्किन्छ यी युवतीको शरीरबाट रगत ?

व्यायाम गर्दा शरीरबाट पसिना निस्किनु स्वभाविकै हो । तर यो दुनियाँमा एकजना यस्ती युवती छिन् जसको शरीरबाट व्यायाम गर्दा पसिनाको साटो रगत निस्किन्छ । यो पत्याउनै नसक्ने घटना इटालीको हो । त्यहाँकी एक २१ वर्षीया युवती अनौठो समस्याबाट ग्रसित छिन्, जसको कारण पत्ता लगाउन डाक्टरहरु पनि असमर्थ छन् । व्यायाम तथा कुनै शारीरिक मिहिनेत गर्दा […]