+
+

जब युवतीले बिरालो मारेर काँचै चपाइन् …

एजेन्सी एजेन्सी
२०८१ मंसिर २४ गते १३:५८

अमेरिकाको ओहियोमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । त्यो घटना यतिधेरै अकल्पनीय तथा दर्दनाक छ कि सुन्दैमा अकल्पनीय लाग्दछ । त्यहाँकी एक महिलाले एउटा बिरालोलाई मारेर त्यसलाई काँच्चै चपाएर खाएकी छिन् । उनले त्यसरी बिरालो चपाइरहेको भिडियो नै सार्वजनिक भएको छ ।

ती महिलाले एउटा घरपालुवा बिरालोलाई खुट्टाले कुल्चिएर मारिन् । त्यसपछि त्यसलाई हातले समाएर चपाउन थालिन् । उनले त्यस्तै हिंश्रक काम गरिरहेको देखेपछि मानिसहरुले पुलिसलाई सूचना दिए ।

प्रहरी घटनास्थलमै पुग्यो र बिरालो खाँदै गरेकी ती महिलालाई पक्रिए । सो घटना गत अगष्ट महिनामा भएको हो । त्यसरी बिरालो मारेर काँचै चपाउने महिलाको नाम एलेक्सिस फेरेल हो । बिरालोमाथि बर्बरता देखाउने २७ वर्षीया फेरेल अहिले काउन्टी जेलमा छिन् । उनीमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ ।

प्रहरीले अदालतमा पेश गरेको कागजात अनुसार घटनास्थलमा पुलिस पुग्ने बेलामा फेरेलको हात खुट्टा रगतले लतपतिएका थिए र मुखमा पनि बिरालोका रौं टाँसिएका थिए । उनको छेउमा एउटा मरेको बिरालो थियो ।

उनले मारेर खाएको बिरालो कसको हो भन्ने चाहिं अहिलेसम्म पत्ता लागेको छैन ।

उक्त घटनापछि ओहियोमा हैटीका आप्रवासीहरुले कुकुर र बिरालो खाइरहेको भनेर स्थानीय मानिसहरुले आवाज उठाएका थिए । तर, फेरेल भने अमेरिकामै जन्मिएकी हुन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?