+
+
Shares

मोरङबाट २० लाख भारु बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:२५

२८ वैशाख, काठमाडौं । मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ ।

आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।  ५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए ।

बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रले बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?