News Summary
Generated by OK AI. Editorially reviewed.- दीपक आचार्य 'काकु' र कुमार कट्टेल 'जिग्री'को सहकार्यमा बन्ने फिल्म 'चिरञ्जीवी भवः'को छायांकन १५ जेठदेखि सुरु हुने भएको छ।
- फिल्मको मुहूर्त पूजा ललितपुरको बंगलामुखी मन्दिरमा भएको थियो र पहिलो सट अभिनेता हरिवंश आचार्यले दिएका थिए।
- फिल्ममा प्रियंका कार्की, सुवर्ण थापा लगायत कलाकारको अभिनय हुनेछ र प्रदर्शन १ माघदेखि हुने निर्माताले जनाएका छन्।
काठमाडौं । दीपक आचार्य ‘काकु’ र कुमार कट्टेल ‘जिग्री’को सहकार्य हुने फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सुरु भएको छ । सोमबार बिहान शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो ।
यो फिल्म फ्लोरमा चाहिँ १५ जेठदेखि जानेछ । निर्माण टिमले ललितपुरको बंगलामुखी मन्दिरमा पटकथा पुस्तकको पूजा गर्दै फिल्मको मुहूर्त पूजा गरेको हो ।
सो अवसरमा पहिलो सट अभिनेता हरिवंश आचार्यले दिए । सो अवसरमा अन्य कलाकार आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत सहभागी थिए ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने यो फिल्म जेठ दोस्रो सातादेखि छायांकनमा जान थालेको हो । छायांकन तालिका ४५ दिनको छ ।

धनकुटा, सुनसरी र काठमाडौंमा छायांकन हुने जनाइएको छ । १ माघदेखि प्रदर्शनमा आउने निर्माताले जनाएका छन् । २०८२ सालमा ‘परान’बाट व्यवसायिक सफलता हासिल गरेका काकुको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ ।
फिल्ममा प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरि निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरको पनि अभिनय हुनेछ । कुमार कट्टेलको कथलाई सविन अधिकारी र वसन्त न्यौपानेले पटकथामा रुपान्तरण गरेका हुन् ।
सोसल ड्रामा जनरामा निर्माण हुने फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने जनाइएको छ । उमेशकुमार बराल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री छन् ।

प्रतिक्रिया 4