+
+

के रातो कपडा लगाएका मानिसप्रति साँढे आक्रामक हुन्छ ? यस्तो छ यथार्थ

एजेन्सी एजेन्सी
२०८१ कात्तिक २८ गते १३:५६

हामीकहाँ एउटा मान्यता के छ भने रातो रङका कपडा लगाएका मानिस देख्दा साँढे आक्रामक हुन्छ र त्यस्तो मानिसमाथि आक्रमण गर्दछ ।

के वास्तवमा रातो रंग देखेर साँढे भड्किन्छ त ? यसको वास्तविक रहस्य के हो ?

यथार्थमा यो एउटा मिथक मात्रै हो । वास्तवमा साँढेको खेलमा साँढेसँग लड्ने व्यक्तिले आफ्नो हातमा रातो कपडा लिएर साँढेलाई देखाउँदै उसलाई जिस्काउँदै आक्रोसित बनाउँछन् । त्यहीँ देखेर के मानिन्छ भने रातो रङ देखेर साँडे भड्किन्छ ।

तर वास्तविकता त के हो भने साँडेमा आंशिक कलर ब्लाइन्डनेस हुन्छ । अर्थात् उसले रातो लगायत अधिकांस रंगहरु देख्न र पहिचान गर्न नै सक्दैन । उसको आँखामा रातो रंग देख्ने रेटिना रिसेप्टर नै हुँदैन र उसले केवल पहेँलो, हरियो, निलो र बैजनी रङमात्रै देख्न सक्दछ ।

रेटिनामा कोन कोशिकाहरुका कारणले नै रङको पहिचान हुन्छ । त्यसमध्ये रातो रङ पत्ता लगाउने कोन सेल्स साँढेको आँखाको रेटिनामा हुँदैन ।

त्यसैले जब साँढेले रातो रंग नै देख्दैन भने ऊ किन भड्किन्छ त ? वास्तवमा साँढेको खेलमा बुलफाइटरले जब रातो रंगको कपडा लिएर हात लहराउँछ, त्यसबेला कपडाको रंग होइन हातले अनौठो चिज लहराएर जिस्काउने हर्कत देखेर साँडे भड्किएको हुन्छ । साँढेले मान्छेका हर्कत देखेर वा असुरक्षित महसुस गरेर आक्रामक बनेर मान्छेमाथि आक्रमण गर्ने गर्दछ । आक्रामक प्रवृत्तिका गाईगोरुले जुनसुकै रंगका कपडा लगाएका मानिसमाथि आक्रमण गर्न सक्दछन् । कहिलेकाहीँ रातो कपडा लगाएका माथि पनि आक्रमण हुनु संयोग मात्रै हो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?