+
+

जहाँ महिलाहरुले डिभोर्स भएको खुसियाली मनाउँछन् !

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १४:४४

काठमाडौं। डिभोर्सलाई राम्रो त मानिँदैन, तरपनि कैयन् मानिसहरु यस्ता हुन्छन् जो सँग डिभोर्स गर्नुको विकल्प हुँदैन। वैवाहिक सम्बन्ध टुट्नुको पीडा हुँदाहुँदै पनि केही मानिस चाहीँ सामान्य रुपमा जीवन जिउने कोशिस गर्दछन्।अझ परम्परागत समाजमा महिलाका लागि डिभोर्स झनै पीडादायक हुन्छ, जसलाई महिलाको असफलतासँग पनि जोडिन्छ।

डिभोर्सपछिको पीडा आफ्नो ठाउँमा छ, तर दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ जहाँ महिलाहरुले डिभोर्स भएको खुसियाली मनाउँछन् । त्यहाँ जब कुनै महिलाको डिभोर्स हुन्छ मानिसहरु उत्सव मनाउन थाल्दछन् । एउटा यस्तो देश पनि छ जहाँ डिभोर्सलाई गलत मानिँदैन । खासगरी त्यहाँका महिलाहरुका लागि डिभोर्स कत्ति पनि खराब हुँदैन ।

त्यो देशको नाम हो मौरिसानिया । यो उत्तर पश्चिम अफ्रिकामा रहेको एक देश हो जसको ९० प्रतिशत भाग मरुभूमिले ढाकेको छ, जुन विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहाराको हिस्सा हो ।

मौरिसानियाको जनसंख्या ४५ लाख छ । उक्त देशले सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो। मौरिसानिया एउटा यस्तो देश हो जहाँको संस्कृतिमा डिभोर्सको एउटा अहम स्थान रहेको छ । त्यस देशमा डिभोर्सलाई गलत नजरले हेरिँदैन र डिभोर्स गर्ने महिलाहरुलाई निकै सम्मान दिइन्छ । त्यहाँ डिभोर्समा पीडा हुने जस्तो कुनैपनि कुरा हुँदैन र महिलाहरुले यसलाई खुसीखुसी स्वीकार्छन् ।

डिभोर्सलाई महिलाका लागि एउटा नयाँ अवसरको रुपमा लिइन्छ । डिभोर्सपछि महिलाको परिवारजनले खुसीपूर्वक समाजलाई यो बताइन्छ कि ती चेली डिभोर्सी हुन्। त्यसपछि ती महिला डिभोर्स बजार जान्छिन्।

वास्तवमा त्यहाँ डिभोर्सी महिलालाई निकै मन पराइन्छ । डिभोर्सपछि महिलाहरु धेरै समझदार र परिपक्व हुन्छन् भन्ने मान्यता मौरिसानियामा छ । पुरुषहरुलाई लाग्छ कि त्यस्ता महिलाहरुले उनीहरुका समस्या बुझ्न सक्छन् ।

त्यस्तै अविवाहित महिलालाई अहंकारी मानिन्छ । त्यसैले पुरुषहरु अविवाहित महिलालाई धेरै महत्व दिँदैनन् ।साथै यस्ता अविवाहित महिला तथा उनका परिवारलाई विवाहका लागि धेरै दाइजो दिनु पर्दछ।

के हो डिभोर्सी महिलाको बजार ?

मौरिसानियामा डिभोर्सी महिलाको एक बजार छ । डिभोर्स पश्चात् पूर्वपतिको घरबाट प्राप्त सामान तथा फर्निचर बेच्नका लागि डिभोर्सी महिलाहरु उक्त बजारमा जान्छन्। उक्त बजारमा डिभोर्सपछि महिलाहरुले पसल खोल्दछन् र तिनै पसलमा काम गर्न सुरु गर्दछन् । साथै आफ्ना बालबच्चाको लालन पालन गर्नका लागि अन्य व्यवसाय पनि गर्दछन् ।

डिभोर्सपछि महिलाहरुले नयाँ जिवन सुरुवात गर्दछन् र पुनः बिहे पनि गरेर नयाँ परिवार बसाउँछन् । उक्त डिभोर्स बजारमा केवल डिभोर्सी महिलाहरु मात्रै हुने भएकाले जोकोही पुरुष त्यहाँ आएर आफूलाई मनपर्ने जिवनसाथीको खोजी गर्न सक्दछ।

यदि कुनै पुरुषलाई कुनै महिलाले त्यहाँ मन पराएमा त्यो ठूलो उपलब्धी हुनजान्छ। त्यहीँ बजारमा महिला र पुरुषबीच कुराकानी भएर त्यसले वैवाहिक सम्बन्धको रुप लिन सक्दछ ।

त्यसैले त्यहाँ डिभोर्स महिलाहरुका लागि एउटा अवसरकै रुपमा रहेको हुन्छ। त्यसैले उक्त डिभोर्स बजारमा महिलाहरुले आफ्नो जिविकासँगै सहज रुपमा पुरुष साथी फेला पार्न सक्दछन् र पुरुषलाई पनि मनपर्ने डिभोर्सी महिला खोज्न सजिलो हुन्छ।

वास्तवमा डिभोर्सपछि महिलाहरुलाई बिहे हुनमा कुनै समस्या हुँदैन। झन दाइजो बिनै उनीहरुको बिहे हुन्छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?