+
+

धर्मपुत्रमाथि यौन शोषण, समलिंगी दम्पतीलाई १०० वर्षको जेल सजाय

एजेन्सी एजेन्सी
२०८१ पुष १४ गते ९:२२

एक समलिंगी (गे) दम्पतीलाई १०० वर्षको जेल सजाय भएको छ । अमेरिकाको जर्जियास्थित एटलान्टाको घटना हो यो । त्यहाँको वाल्टन काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार विलियम र जाचरी सुलक नामक गरेका उक्त समलिंगी जोडीलाई उनीहरुले पालेका आफ्ना धर्म पुत्रहरुमाथि यौन शोषण गरेको आरोपमा १०० वर्षको जेल सजाय सुनाइएको हो ।

३४ वर्षका जाचरी क बैंक अधिकृत हुन् भने ३६ वर्षीय विलियम सरकारी कर्मचारी हुन् । उनीहरुले १२ र १० वर्षका दुई बालकहरुलाई धर्मपुत्र बनाएका थिए । उनीहरुले आफ्ना ती धर्म सन्तानका तस्वीरहरू नियमित रुपमा सोसल मिडियामा राख्थे र सुखी परिवार भनेर लेख्दथे ।

उनीहरुलाई गिरफ्तार गर्ने तथा सो घटनाको अनुसन्धान गर्ने अधिकारीहरुका अनुसार उक्त गे दम्पतीले  नियमित रुपमा ती धर्मपुत्रहरुलाई यौन सम्पर्क राख्न बाध्य पार्दथे र त्यसको भिडियो बनाउँथे । बालकहरु निकै नै भयानक अवस्थाबाट गुज्रिहेका थिए । उनीहरुले आफ्नै धर्मपुत्रहरुमाथि गरेको उक्त बर्बरताको खुलासा एकजना नजिकका मित्रले गरिदिएका थिए ।

उनीहरुले धर्मपुत्रहरुमाथि अप्राकृतिक मैथुन गर्ने र त्यसको भिडियो बनाएर पोर्न साइटहरुमा अपलोड गर्ने गर्दथे । जाचरी र विलियमका केही नजिकका साथीहरुले नै सो कुरा पुलिसलाई बताइदिए । उनीहरुले आफ्नै बच्चाहरुमाथि यौन शोषण गरेका भिडियो स्नापच्याटमार्फत् आफ्ना केही साथीहरुलाई शेयर गरेका रहेछन् ।

अदालतका अुनसार आपराधिक मनोवृत्तिको उक्त समलिंगी जोडीले आफ्नो घरमा वास्तवमै निकै भयावह स्थिति बनाएका थिए । उनीहरुले आफ्नो घृणित इच्छा पूरा गर्नका लागि बालकहरुमाथि अत्याचार गरे । पीडित बालकहरुले पनि अनुसन्धान अधिकारी र अदालत समक्ष आफूहरुमाथि यौन शोषण भएको बताइदिएपछि अदालतले समलिंगी दम्पतीलाई दोषी ठहर गरेको हो ।

ती अपराधीहरुले केवल आफ्ना धर्मसन्तानहरुलाई मात्र होइन सोसल मिडियामार्फत् अन्य विभिन्न बालबालिकालाई आफ्नो घरमा बोलाउने र उनीहरुका अश्लील भिडियो बनाएर सोसल मिडियामा अपलोड गर्ने गरेको खुलासा भएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?