+
+
Shares

भाइरल बनेको ‘योगी फूल’को यथार्थ

एजेन्सी एजेन्सी
२०८१ कात्तिक १ गते ९:१२

हालै सोसल मिडियामा एउटा यस्तो फूलको तस्वीर भाइरल बन्यो जसको आकार ठ्याक्कै पद्मासनमा ध्यान गरिरहेको मानिसको जस्तो छ।

टर्कीको हल्फेटी गाउँमा मात्रै फुल्ने दाबी ग्रिएको सो फूलको नाम नै ‘योगी फूल’ राखियो ।

केही इन्टरनेट प्रयोगकर्ता त अझै एक कदम अघि बढ्दै हलफेती गाउँमा पाइने विशेष गुणस्तरको माटोका र फूलमा रहेको एन्थोसाइनिन रङकणका कारण ‘योगी फूल’ गर्मी महिनामा कालो र अन्य महिनामा गाढा रातो रङको बन्ने गरेको दाबी गरे ।

तर, अहिलेको एआईको जमानामा कुनै काल्पनिक र झुट तथ्य फैलाउन जति सजिलो छ त्यसको पर्दाफास पनि क्षणभरमै गर्न सकिन्छ ।

यसैबीच समाचार साइट फ्याक्टलीले उक्त भाइरल योगी फूलबारे तथ्य जाँच गर्दै त्यो अस्तित्वमै नरहेको पत्ता लगाएको छ ।

योगी फूल भन्दै इन्टरनेटमा फैलिएको योगासनयुक्त फूलको तस्वीर एआईबाट तयार पारिएको तथ्यको खुलासा भएको छ । टर्कीमा मात्र नभई त्यस्तो फूल संसारमै कतै पनि नभएको र तस्वीर पूर्णरुपमा एआईबाट बनाइएको पाइएको छ ।

उसो त टर्कीको हल्फेटी गाउँमा योगी फूल नभए पनि एउटा निकै सुन्दर तथा विशेष खालको कालो गुलाबको फूल भने फुल्ने गर्दछ । जसको नाम कारा गुल हो । रातो रंगको यो फूल गर्मी महिनामा भने कालो बन्दछ ।

गाउँको माटोमा हुने विशेष लवण तथा अन्य अम्लीयपनाको स्तरका कारण फूलको रङ त्यसरी मौसम अनुसार परिवर्तन हुने बताइएको छ । सोही फूल हेर्नका लागि उक्त गाउँमा बर्सेनि ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?